टी-२० विश्वकप क्रिकेट २०२६ : लोकसेवा तयारीका लागि महत्वपूर्ण तथ्यहरू

pampas_aspirant_BikalStha
746 views
टी-२० विश्वकप क्रिकेट २०२६ : लोकसेवा तयारीका लागि महत्वपूर्ण तथ्यहरू

T-20 विश्वकप क्रिकेट–२०२६ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) द्वारा आयोजना गरिएको विश्वको प्रमुख ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हो। यो प्रतियोगिताको १०औँ संस्करण हो, जुन सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका थिए। प्रतियोगितामा विश्वका २० राष्ट्र सहभागी भएका थिए र कुल ५५ खेल खेलिएका थिए।

यो संस्करणमा भारतले न्युजिल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो। प्रतियोगिता समूह चरण, सुपर–८, सेमिफाइनल र फाइनल ढाँचामा सञ्चालन गरिएको थियो ।

Advertisement

Official ICC World Cup Website: https://www.icc-cricket.com/

image 3 Pampas Aspirant - पम्पाज परीक्षार्थी

See other content: Blogs

टी-२० विश्वकप क्रिकेट–२०२६ : मुख्य तथ्य (Key Facts)

विषयविवरण
संस्करण१०औँ (10th Edition)
मिति२०२६ फेब्रुअरी ७ – मार्च ८
आयोजक राष्ट्रभारत र श्रीलंका
प्रशासक निकायअन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC)
ICC प्रधान कार्यालयदुबई, यूएई
खेलको प्रकारट्वान्टी–२० अन्तर्राष्ट्रिय
सहभागी टोली२० राष्ट्र
कुल खेल संख्या५५
प्रतियोगिताको ढाँचासमूह चरण → सुपर–८ → सेमिफाइनल → फाइनल

प्रतियोगिताको नतिजा

विषयविवरण
विजेताभारत
उपविजेतान्युजिल्याण्ड
फाइनल खेल्ने देशभारत vs न्युजिल्याण्ड
सेमिफाइनल टोलीभारत, दक्षिण अफ्रिका, इङ्गल्याण्ड, न्युजिल्याण्ड
पहिलो खेलपाकिस्तान vs नेदरल्याण्ड

प्रतियोगिताका प्रमुख पुरस्कार (Major Awards)

पुरस्कारखेलाडी
Player of the SeriesSanju Samson
Most RunsSahibzada Farhan – 383 runs
Most WicketsJasprit Bumrah – 14 wickets
Varun Chakravarthy – 14 wickets (Joint)

नेपालको सहभागिता

विषयविवरण
विश्वकप सहभागितातेस्रो पटक
सहभागिता वर्ष२०१४, २०२४, २०२६
समूहGroup C
समूहको उपनामGroup of Death

समूह ‘C’ का टोलीहरू

  • नेपाल
  • इङ्गल्याण्ड
  • वेस्ट इन्डिज
  • स्कटल्याण्ड
  • इटाली

टी-२० वरीयता (Rankings)

राष्ट्रवरीयता
इङ्गल्याण्ड
वेस्ट इन्डिज
स्कटल्याण्ड१४
नेपाल१६ (रेटिङ १७६)
इटाली२७

नेपाली खेलाडी र कीर्तिमान

  • सोमपाल कामी : तीन पटक टी-२० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी।
  • सन्दीप लामिछाने : IPL खेल्ने पहिलो नेपाली खेलाडी (BPL, BBL, CPL, PSL अनुभव)।
  • डेब्यु खेलाडी : शेर मल्ल र बसिर अहमद।

टी-२० विश्वकप : ऐतिहासिक तथ्य

विषयविवरण
पहिलो संस्करण२००७
पहिलो आयोजक देशदक्षिण अफ्रिका
पहिलो विजेताभारत
हालसम्म विजेता राष्ट्र६ राष्ट्र

आगामी संस्करणहरू

संस्करणमितिस्थान
११औँ२०२८ अक्टोबरअष्ट्रेलिया र न्युजिल्याण्ड
१२औँ२०३०बेलायत र आयरल्याण्ड

टी-२० विश्वकप क्रिकेट २०२४ (९औँ संस्करण)

विषयविवरण
मिति२०२४ जुन १ – २९
आयोजकअमेरिका र वेस्ट इन्डिज
विजेताभारत
उपविजेतादक्षिण अफ्रिका
सेमिफाइनल टोलीभारत, दक्षिण अफ्रिका, इङ्गल्याण्ड, अफगानिस्तान
सहभागी टोली२०
खेल संख्या५५

प्रमुख पुरस्कार

पुरस्कारखेलाडी
Player of the SeriesJasprit Bumrah
Most RunsRahmanullah Gurbaz – 281
Most WicketsFazalhaq Farooqi / Arshdeep Singh – 17

निष्कर्ष

टी-२० विश्वकप क्रिकेट विश्व क्रिकेटको सबैभन्दा लोकप्रिय प्रतियोगितामध्ये एक हो। २०२६ संस्करण भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको थियो र यसमा भारतले लगातार उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो। नेपालले पनि तेस्रो पटक विश्वकप सहभागिता जनाएर अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति सुदृढ बनाएको छ।

image Pampas Aspirant - पम्पाज परीक्षार्थी
image 1 Pampas Aspirant - पम्पाज परीक्षार्थी