साप्ताहिक समसामयिक अपडेट २०८२[२०८२/१०/२३ गते ]

pampas_aspirant_BikalStha
560 views
साप्ताहिक समसामयिक अपडेट २०८२[२०८२/१०/२३ गते ]

१. नेपालको इतिहासमा पहिलो पटक ‘काठमाडौँ म्युनिसिपालिटी’ (नगरपालिका) को निर्वाचन कहिले सम्पन्न भएको थियो?
A) वि.सं. २००७ फागुन ७
B) वि.सं. २००४ जेठ २९
C) वि.सं. २०१० भदौ १७
D) वि.सं. २०१४ माघ ७
उत्तर: B) वि.सं. २००४ जेठ २९

image 4 Pampas Aspirant - पम्पाज परीक्षार्थी


पहिलो निर्वाचन: वि.सं. २००४ जेठ २९ गते (काठमाडौँ म्युनिसिपालिटीको लागि)
महिलाको पहिलो मताधिकार: वि.सं. २०१० भदौ १७ गते (नगरपालिका निर्वाचनमा)।
पहिलो महिला जनप्रतिनिधि: साधनादेवी प्रधान (वि.सं. २०१० मा काठमाडौँ नगरपालिका वडा नं. ८ बाट निर्वाचित)।
पहिलो आम निर्वाचन (संसदीय): वि.सं. २०१५ फागुन ७ गते
प्रारम्भिक तथा स्थानीय निर्वाचन (२००४ – २०१४)
२००४ जेठ २९: काठमाडौँ नगरपालिका (म्युनिसिपालिटी) निर्वाचन।
२०१० भदौ १७: नगरपालिका निर्वाचन।
२०१४ माघ ७: स्थानीय निर्वाचन।
२. पञ्चायतकालीन निर्वाचनहरू (२०१८ – २०४४)
२०१८ फागुन ७ देखि: गाउँ पञ्चायत निर्वाचन।
२०१९ जेठ देखि: नगर पञ्चायत र जिल्ला सभा निर्वाचन।
२०२० सालदेखि: अञ्चल सभा र अञ्चल पञ्चायत निर्वाचन।
२०३९ बैशाख २८, ३१ र जेठ ३, ४: गाउँ पञ्चायत तथा नगर पञ्चायत निर्वाचन।
२०३९ असार २: जिल्ला पञ्चायत निर्वाचन।
२०४३ चैत ७ र १०: गाउँ पञ्चायत तथा नगर पञ्चायत निर्वाचन।
२०४४ वैशाख २६: जिल्ला पञ्चायत निर्वाचन।
३. बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछिका स्थानीय निर्वाचन (२०४९ – २०६२)
२०४९ जेठ १५ र १८: गाउँ विकास समिति (गाविस) तथा नगरपालिका निर्वाचन।
२०४९ असार १३: जिल्ला विकास समिति निर्वाचन।
२०५४ जेठ ४ र १३: गाउँ विकास समिति तथा नगरपालिका निर्वाचन।
२०५४ असार २७: जिल्ला विकास समिति निर्वाचन।
२०६२ माघ २६: नगरपालिका निर्वाचन (तत्कालीन राजाको प्रत्यक्ष शासनकालमा)।
४. संघीयता, गणतन्त्र र नयाँ संविधान पछिका निर्वाचनहरू (२०७४ – हालसम्म)
२०७४ को स्थानीय तह निर्वाचन: तीन चरणमा सम्पन्न (पहिलो: २०७४ बैशाख ३१, दोस्रो: २०७४ असार १४, तेस्रो: २०७४ असोज २)।
पहिलो प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन: २०७४ मंसिर १० र २१
दोस्रो स्थानीय तह निर्वाचन: २०७९ वैशाख ३०
दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन: २०७९ मंसिर ४
उपनिर्वाचनहरू: * २०८० बैशाख १०२०८१ वैशाख १५ (प्रतिनिधिसभा)।
२०८१ मंसिर १६ (स्थानीय तह)।
५. आगामी निर्वाचनको कार्यतालिका
२०८२ फागुन २१: प्रतिनिधिसभाको निर्वाचन भयो ।

Advertisement

२. इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको सम्बन्धमा तलका मध्ये कुन भनाइ गलत छ?

image 5 Pampas Aspirant - पम्पाज परीक्षार्थी

A) उनी इरानका दोस्रो सर्वोच्च नेता (Supreme Leader) थिए।
B) उनी सन् १९८१ देखि १९८९ सम्म इरानको तेस्रो राष्ट्रपतिका रूपमा कार्यरत थिए।
C) सन् १९८१ मा भएको हत्या प्रयासमा बाँचेका उनको देब्रे हात सधैंका लागि काम नगर्ने भएको थियो।
D) सन् २०२६ फेब्रुअरी २८ मा ‘अपरेशन राइजिङ लायन’ (Operation Rising Lion) अन्तर्गत भएको आक्रमणमा उनको मृत्यु भयो।
उत्तर: C ( विकल्प C गलत छ किनभने सन् १९८१ को हत्या प्रयासमा उनको दाहिने हात सधैंका लागि काम नगर्ने (प्यारालाइज्ड) भएको थियो, देब्रे हात होइन।
आक्रमण कहिले भयो? : २८ फेब्रुअरी २०२६
खामेनीको मुत्यु कहिले भयो ? : सन् २०२६ फेब्रुअरी २८
स्थान: तेहरान, इरान (पास्टोर जिल्लाको भूमिगत बंकर)
संलग्न पक्ष: अमेरिकाइजरायल द्वारा इरान माथि गरिएको संयुक्त हवाई तथा क्षेप्यास्त्र आक्रमण।
शैन्य अपरेशनको नाम: Operation Rising Lion (यसलाई Operation Shield of Judah र अमेरिकी क्याम्पेन Operation Epic Fury पनि भनिएको)।
मारिएका मुख्य व्यक्ति: इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी (Ayatollah Ali Khamenei)। साथै इरानी रक्षामन्त्री अजीज नासिरजादेह लगायत शीर्ष सैन्य कमान्डरहरू।
घटनाको प्रभाव र पछिल्लो अवस्था
जवाफी कारबाही: खामेनीको मृत्युपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी बेसहरू (कुवेत, युएई, इराक आदि) र इजरायल माथि क्षेप्यास्त्र तथा ड्रोनमार्फत भीषण जवाफी आक्रमण गरिरहेको छ।
नयाँ नेतृत्व चयन प्रक्रिया: इरानमा ८८ जना वरिष्ठ धर्मगुरुहरूको निर्वाचित निकाय छ, जसलाई ‘एसेम्बली अफ एक्सपर्ट्स’ (Assembly of Experts) भनिन्छ। इरानको संविधान अनुसार अब यसै निकायले नयाँ सर्वोच्च नेता (Supreme Leader) को चयन गर्नेछ।
राष्ट्रिय शोक: घटनापश्चात् इरान सरकारले देशव्यापी रूपमा ४० दिने राष्ट्रिय शोक घोषणा गरेको छ।
हुन् आयतुल्लाह अली खामेनी?
जन्म: उनको जन्म १९ अप्रिल १९३९ मा इरानको मशहद (Mashhad) सहरमा भएको थियो।
इरानका तेस्रो राष्ट्रपति: सर्वोच्च नेता बन्नुअघि उनी सन् १९८१ देखि १९८९ सम्म इरानको तेस्रो राष्ट्रपति का रूपमा कार्यरत थिए। उनी इरानका पहिलो धर्मगुरु राष्ट्रपति हुन्।
दोस्रो सर्वोच्च नेता (Supreme Leader): प्रथम सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीको मृत्युपछि सन् १९८९ मा उनी सर्वोच्च नेता बनेका थिए। उनले सन् १९८९ देखि २०२६ सम्म इरानको सर्वोच्च नेताका रूपमा शासन गरे।
क्रान्तिमा भूमिका: पहलवी राजतन्त्रको अन्त्य गर्ने सन् १९७९ को इस्लामिक क्रान्ति मा उनको महत्त्वपूर्ण र वैचारिक भूमिका थियो। शाहको शासनकालमा उनी पटक-पटक जेल र निर्वासनमा परेका थिए।
हत्या प्रयास: सन् १९८१ मा मोहाहिदिन-ए खाल्क (MEK) द्वारा गरिएको एक बम विष्फोट तथा हत्या प्रयासमा उनी बाँचेका थिए, तर उनको दाहिने हात सधैंका लागि प्यारालाइज्ड (काम नगर्ने) भएको थियो।
नीति तथा दृष्टिकोण: उनी इजरायलअमेरिका का कट्टर विरोधी मानिन्थे। उनले इरानको परमाणु कार्यक्रम (Nuclear Program) लाई अगाडि बढाउनुका साथै मध्यपूर्वमा ‘प्रतिरोधको अक्ष’ (Axis of Resistance) निर्माण गर्न सैन्य र अर्धसैनिक संयन्त्र (IRGC) लाई शक्तिशाली बनाएका थिए।
 
 
  

३. नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्र (MoU) मा कहिले हस्ताक्षर भयो?

image 6 Pampas Aspirant - पम्पाज परीक्षार्थी

A) २०८२ माघ १०
B) २०८२ फागुन १४
C) २०८२ फागुन २०
D) २०८२ वैशाख ०५
उत्तर : B) २०८२ फागुन १४
हस्ताक्षर भएको मिति: २०८२ फागुन १४, बिहिबार (तद्नुसार २६ फेब्रुअरी, २०२६)
स्थान: नयाँ दिल्ली, भारत
हस्ताक्षरकर्ताहरू: * नेपालको तर्फबाट: भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मा
​भारतको तर्फबाट: वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमार
विशेष उपस्थिति: नेपालका वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईं र भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव
SAWEN को पुरा रूप: South Asia Wildlife Enforcement Network।

 

४. संयुक्त राष्ट्र संघद्वारा ‘पेरिस एग्रिमेन्ट क्रेडिटिङ मेकानिजम’ (PACM) अन्तर्गत विश्वकै पहिलो कार्बन क्रेडिट कहिले स्वीकृत गरियो?

A) १२ डिसेम्बर २०२५                 B) २६ फेब्रुअरी २०२६
C) ३० नोभेम्बर २०२४                 D) १ जनवरी २०२६
उत्तर: B) २६ फेब्रुअरी २०२६
नेपालमा पेरिस सम्झौता अन्तर्गत पहिलो ‘कार्बन क्रेडिट’ स्वीकृत
विषय: संयुक्त राष्ट्र संघद्वारा ‘पेरिस एग्रिमेन्ट क्रेडिटिङ मेकानिजम’ (PACM) अन्तर्गत विश्वकै पहिलो कार्बन क्रेडिट जारी।
स्वीकृति मिति: २६ फेब्रुअरी २०२६ (२०८२ फागुन)।
पहिलो स्वीकृत परियोजना: म्यानमारको ‘क्लिन कुकिङ’ (स्वच्छ भान्सा) परियोजना।
महत्व: विश्वव्यापी कार्बन व्यापारको औपचारिक सुरुवात, जसले विकासशील देशहरूमा जलवायु परिवर्तनसँग जुध्न मद्दत गर्ने।
(पेरिस सम्झौता र नेपाल)
पेरिस सम्झौता: संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्षराष्ट्रहरूद्वारा १२ डिसेम्बर २०१५ मा फ्रान्सको राजधानी पेरिसमा यो सम्झौता गरिएको थियो।
हस्ताक्षर र अनुमोदन: नेपालको तर्फबाट तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सम्झौतामा हस्ताक्षर गरेका थिए। पछि, नेपालको व्यवस्थापिका संसद्ले २०७३ आश्विन १८ गते (मंगलबार) यस सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गरेको थियो, जसले गर्दा नेपाल यस सम्झौताको संस्थापक मुलुकमध्ये एक बन्न सफल भयो।
नेपालको अवस्था: विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको हिस्सा अत्यन्तै न्यून अर्थात् ०.०२७ प्रतिशत मात्र रहेको छ। तर, जलवायु परिवर्तनको असर (जस्तै: तापक्रम वृद्धि, हिमताल पग्लने, अतिवृष्टि र अनावृष्टि) को जोखिममा भने नेपाल अग्रपंक्तिमा पर्दछ।
लागू हुने शर्त: पेरिस सम्झौता लागू हुनका लागि विश्वको कुल हरितगृह ग्यास प्रदूषणको कम्तीमा ५५ प्रतिशत हिस्सा ओगट्ने ५५ वटा मुलुकले यसलाई अनुमोदन गर्नुपर्ने प्रावधान राखिएको थियो।
मुख्य लक्ष्य: हरितगृह ग्यास (कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड आदि) को बढ्दो उत्सर्जनलाई नियन्त्रण गरी विश्वको औसत तापक्रम वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा तल (सकेसम्म १.५ डिग्री सेल्सियस) सीमित राख्ने।

५. पाकिस्तानले अफगानिस्तानका तालिवान विरुद्ध ‘खुला युद्ध’ (Open War) को घोषणा कहिले गरेको हो?

image 7 Pampas Aspirant - पम्पाज परीक्षार्थी

A) २०८१ माघ १०
B) २०८२ फागुन १५ (२६ फेब्रुअरी २०२६)
C) २०२५ अक्टोबर १५
D) २०२६ जनवरी २६
उत्तर: B) २०८२ फागुन १५
पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ को घोषणा
मुख्य घटना: पाकिस्तानद्वारा अफगानिस्तानका तालिवान लडाकूहरूविरुद्ध ‘खुला युद्ध’ (Open War) को घोषणा र सैन्य कारबाही सुरु।
प्रारम्भ मिति: २०८२ फागुन १५ (२६ फेब्रुअरी २०२६)।
सैन्य अपरेशनको नाम: ‘गजब-लिल-हक’ (Gajab-lil-Haq) – पाकिस्तानद्वारा सञ्चालित।
प्रभावित क्षेत्रहरू: अफगानिस्तानको राजधानी काबुल, कान्दहार, र पाक्तिया प्रान्तका सैन्य ठेगानाहरू।
युद्धको कारण: अफगानिस्तानका तालिवान लडाकूहरूले २,६०० किलोमिटर लामो डुरण्ड रेखा (Durand Line) का ५३ विभिन्न स्थानमा रहेका पाकिस्तानी सीमा पोस्टहरूमा एकसाथ आक्रमण गरेपछि पाकिस्तानले यो कदम चालेको हो।
आधिकारिक घोषणा: पाकिस्तानका रक्षामन्त्री खवाजा मोहम्मद आसिफले सामाजिक सञ्जालमार्फत “धैर्यको सीमा नाघिएको” बताउँदै अब दुई देशबीच ‘खुला युद्ध’ सुरु भएको घोषणा गर्नुभयो।
हताहतीको दाबी (विवादास्पद):
पाकिस्तानको दाबी: हवाई हमलामा १३३ तालिवान लडाकू मारिएका र २०० भन्दा बढी घाइते भएका।
अफगानिस्तानको दाबी: प्रत्याक्रमणमा ५५ पाकिस्तानी सैनिक मारिएका, १९ पोस्ट ध्वस्त पारेको र केही सैनिकलाई नियन्त्रणमा लिएको।
अन्तर्राष्ट्रिय प्रतिक्रिया:
अमेरिका: पाकिस्तानको ‘आत्मरक्षाको अधिकार’ लाई समर्थन गरेको ।
चीन, कतार र साउदी अरब: दुवै देशलाई संयमित हुन र वार्ताबाट समाधान खोज्न आग्रह ।
इरान: दुई देशबीच मध्यस्थता (Mediation) गर्ने प्रस्ताव अघि सारेको ।