लोकसेवा तयारी : आजको समसामयिक[Magh 07]
१. दक्षिण एसियाली कृषि वन र वन बाहिरका रुखहरूसम्बन्धी पहिलो सम्मेलन (1st South Asian Agroforestry and Trees outside Forests Conference) कहाँ आयोजना हुँदैछ?
- उत्तर: नयाँ दिल्ली, भारत (२०८२ माघ २२–२४ / फेब्रुअरी ५–७, २०२६)
- थप जानकारी: यस सम्मेलनलाई ‘TREESCAPES-2026’ नाम दिइएको छ।

२. ‘TREESCAPES-2026’ सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुने मन्त्री को हुन्?

- उत्तर: कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन प्रसाद परियार
- थप जानकारी: मन्त्रीसँगै मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रलाई पनि सहभागी हुन मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
३. वर्तमान अन्तरिम सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रीमा डा. मदन प्रसाद परियार कहिले नियुक्त भएका हुन्?
- उत्तर: वि.सं. २०८२ असोज ६ गते
- थप जानकारी: प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारमा उनी विज्ञ मन्त्रीको रूपमा नियुक्त भएका हुन्।
४. वि.सं. २०८२ माघ १० सम्मको तथ्याङ्क अनुसार सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदै प्रतितोला कति पुगेको छ?
- उत्तर: ३ लाख १ हजार ४ सय रुपैयाँ (२०८२ माघ ९ गते)
- थप जानकारी: यो नेपालको इतिहासमै सुनको मूल्य ३ लाख नाघेको पहिलो पटक हो।
५. आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालको निर्यात व्यापार कति प्रतिशतले वृद्धि भएको छ?
- उत्तर: ४३.७६ प्रतिशत
- थप जानकारी: भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि पुस मसान्तसम्म १ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
६. नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपालको विदेशी विनिमय सञ्चिति (Foreign Exchange Reserves) कति पुगेको छ?
- उत्तर: करिब २० अर्ब डलर (USD 20 Billion)
- थप जानकारी: यो सञ्चितिले करिब एक वर्षको आयात धान्न पर्याप्त रहेको बताइएको छ।