नेपाल विद्युत प्राधिकरण

pampas_aspirant
154 views
नेपाल विद्युत प्राधिकरण

सेट : १४            नेपाल विद्युत प्राधिकरण, प्रथम पत्र पूर्णाङ्क : ५०

समय : ४५ मिनेट       परीक्षा मिति : २०८२/१२/०२

सामान्य ज्ञानतर्फ : विषयगत खण्ड                            (६×५=३०)

१. नेपालमा पाइने हावापानीलाई कति प्रकारमा वर्गीकरण गरिएको छ? ती मध्ये लेकाली हावापानी र हिमाली हावापानीका विशेषताहरू उल्लेख गर्नुहोस् ।          [२+३]

२. मल्लकालीन कला र संस्कृतिको बारेमा संक्षिप्त चर्चा गर्नुहोस् ।            [५]

Advertisement

३. गरिबी भन्नाले के बुझिन्छ? नेपालमा गरिबी निवारणका लागि गरिएका प्रयासहरू लेख्नुहोस् । [१+४]

४. सयुंक्त राष्ट्र संघ UNO को बारेमा संक्षेपमा जानकारी गराउनुहोस्।           [५]

५. जलबिद्दुत विकासमा नेपाल बिद्दुत प्राधिकरणको भूमिकाको चर्चा गर्नुहोस ।          [५]

६. बौद्ध धर्मको बारेमा जानकारी गराउनुहोस् ।      [५]

         गणित                                                              (४×५=२०)

१२. एकजना कर्मचारीको तलब २०% ले बढाइयो र केही समयपछि बढेको तलबमा फेरि १०% कटौती गरियो। सुरुको तलबको तुलनामा अहिलेको तलबमा कति प्रतिशतले परिवर्तन भयो?  [५]

१३. १५ जना मानिसले कुनै काम २० दिनमा सक्छन् भने सोही काम १२ दिनमा सक्न थप कति जना मानिस आवश्यक पर्लान्?  [५]

९. एउटा विद्युतीय सामान रु. ४,८०० मा बेच्दा २०% नोक्सान हुन्छ भने २५% नाफा कमाउन सो सामानलाई कतिमा बेच्नुपर्ला?   [५]

१०. कुनै सहरको वर्तमान जनसंख्या ५०,००० छ। पहिलो वर्ष जनसंख्या १०% ले बढ्यो र दोस्रो वर्ष १५% ले घट्यो भने दुई वर्ष पछिको अन्तिम जनसंख्या कति होला? सुरुको तुलनामा जम्मा कति प्रतिशतले जनसंख्या परिवर्तन भयो?[५]

For PDF:- https://drive.google.com/file/d/1nX6n7UXHEbmmj8rdxBf7wbJgDSxfd-F_/view?usp=sharing