लोक सेवा आयोग – खरिदार तृतीय पत्र, नमूना प्रश्नपत्र परिक्षा–२०८२
लोक सेवा आयोग
खरिदार तृतीय पत्र, नमूना प्रश्नपत्र परिक्षा–२०८२
मिति:२०८२/११/२७ पुर्णाङ्क: १०० सेट: ०३
खण्ड (क) – ३५

तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् ।
१. सार्वजनिक वडापत्र भन्नाले के बुझिन्छ ? यसको मह्त्व उल्लेख गर्नुहोस् । [२+३]
२. भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचार जन्य कसुरहरु माथि प्रकास पार्नुहोस्।[५]
३. निजामती सेवाकोविशेषता लेख्नुहोस् । [५]
निम्न लिखित प्रश्नको लामो उत्तर लेख्नुहोस् ।
४. नेपालको सार्वजानिक सेवा प्रवाहमा देखिएका समस्या लेखि समाधानका उपायहरु पछिल्याउनुहोस् । [५+५]
५. विद्युतीय शासन प्रणाली भन्नाले के बुझिन्छ ? नेपालमा विद्युतीय शासनको प्रभावकारिताका व्यवधानहरुको चर्चा गर्नुहोस् ।[३+७]
खण्ड (ख) – ३५
तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् ।
६. नेपालको सरकारी लेखा प्रणालीका विशेषता लेख्नुहोस् ।[५]
७. छोटो टिप्पणाी लेख्नुहोस् । [२.५+२.५]
क. एकल खाता कोष ख. बैक नगदी किताव
८. आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायीत्व ऐन, २०७६ का विशेषता लेख्नुहोस् । [५]
निम्न लिखित प्रश्नको लामो उत्तर लेख्नुहोस् ।
९. नेपालमा सार्वजानिक खरिद व्यवस्थापनका सम्बन्धमा देखिएका समस्याहरु औल्याई समस्या समाधानकाउपायहरु उल्लेख गर्नुहोस् । [५+५]
१०. लेखापरिक्षण भन्नाले के बुझिन्छ ? लेखापरीक्षण ऐन, २०७५ अनुसार महालेखापरिक्षकले कस्तो विषयको लेखारिक्षण गर्दछ उल्लेख गर्नुहोस् । [३+७]
खण्ड (ग) – ३०
तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् ।
११. कानून भनेको के हो ? यसका स्रोतहरु लेख्नुहोस् । [२+३]
१२. राजपत्र भनेको के हो ? नेपाल राजपत्रमा रहेको भागहरु उल्लेख गर्नुहोस् । [२+३]
निम्न लिखित प्रश्नको लामो उत्तर लेख्नुहोस् ।
१३. पक्राउपूर्जीको परिचय दिई कुनै व्यक्तिलाई प्रकाउ गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरु लेख्नुहोस् ।[३+७]
१४. मुलुकी देवानी संहिता, २०७४ का प्रमुख विशेषताहरु लेख्नुहासे् । [१०]


Whatsapp Channel Link:- https://whatsapp.com/channel/0029VbBfLUS5Ejy2YFeab031
Our New Telegram Channel: https://t.me/+a1gKPG_W7105YzM1
Daily Current Affairs
नयाँ के छ त ???
Pampas Youtube Videos (3)
Related Posts
Nayab Subba/Kharidar Model Set | Loksewa Aayog Namuna Prikshya [नमूना परीक्षा]
खरिदार तृतीय पत्र, नमूना प्रश्नपत्र परिक्षा–२०८२
नायब सुब्बा / खरिदार (बिशेष) प्रथम पत्र