राजपत्र अनंकित प्रथम श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, नायबसुब्बा वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षा
राजपत्र अनंकित प्रथम श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, नायब सुब्बा वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षा
मिति: २०८१/१२/१९
पूर्णाङ्क : १००
समय : २.३० घण्टा विषय : सेवा समूह सम्बन्धी सेट: ०२ पत्र: तृतीय
खण्ड A
निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।
१. सार्वजनिक कार्यालयमा विद्यमान फाइलिङका समस्या समाधान गर्न के गर्नुपर्ला ? आफ्नो विचार व्यक्त गर्नुहोस् । [५]

२. जनसम्पर्क व्यवस्थापनको परिचय दिई सार्वजनिक सेवा प्रवाहमा जनसम्पर्क व्यवस्थापनको भुमिका कस्तो रहेको छ ? उल्लेख गर्नुहोस् । [२+३]
३. बैठक व्यवस्थापन भन्नाले के बुझिन्छ ? वैठक व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन ? लेख्नुहोस । [२+३]
४. संगठनात्मक सँस्कृतिले संगठनको कार्यसम्पादनलाई कस्तो असर पार्छ? विवेचना गर्नुहोस् । [५]
५. अधिकार प्रत्यायोजनको महत्ववारे चर्चा गर्नुहोस् । [५]
६. सेवाग्राही गुनासो व्यवस्थापनको परिचय दिई सार्वजनिक निकायमा सेवाग्राहीको गुनासो व्यवस्थापन कसरी गर्न सकिन्छ ? विवेचना गर्नुहोस् । [३+७]
खण्ड B
निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।
७. सार्वजनिक प्रशासनलाई व्यवस्थित र प्रभावकारी बनाउन के कस्ता रणनितिहरु अबलम्बन गर्न सकिन्छ ? उल्लेख गर्नुहोस् । [५]
८. निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० अनुसार निजामती कर्मचारीको नियुक्ति सम्बन्धमा के कस्तो व्यवस्था गरिएको छ ? लेख्नुहोस । [५]
९. समुह गतिशिलता भन्नाले के बुझिन्छ ? समुह गतिशिलताले संगठनको कार्यसम्पादनलाई कस्तो असर पारेको छ ? चर्चा गर्नुहोस् । [२+३]
१०. नेतृत्वमा हुनुपर्ने गुण र विशेषताहरु बारे प्रकाश पार्नुहोस । [५]
११. नेपालको संविधानले लोक सेवा आयोगलाई के कस्ता काम, कर्तव्य र अधिकार दिएको छ ? उल्लेख गर्नुहोस् । [५]
१२. उत्प्रेरणाका सिद्धान्तहरुको चर्चा गर्दै नेपालको सार्वजनिक निकायमा कर्मचारी उत्प्रेरणाको अवस्था बारे उल्लेख गर्नुहोस् । [५+५]
खण्ड C
निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।
१३. सुचनाको हक सम्बन्धि ऐन, २०६४ अनुसार सुचनाको हकको सम्बन्धमा सार्वजनिक निकायको दायित्वहरु के के हुन ? उल्लेख गर्नुहोस् । [५]
१४. नेपालको स्थानिय तहका बजेट तथा योजना निर्माण प्रक्रिया बारेमा लेख्नुहोस । [५]
१५. नेपालमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि के कस्ता कानूनी व्यवस्थाहरु अवलम्बन गरिएका छन ? चर्चा गर्नुहोस् । [५]
१६. स्थानिय सरकार संचालन ऐन, २०७४ अनुसार स्थानिय योजना निर्माण गर्दा प्राथमिकता राख्नुपर्ने विषयहरु के के हुन ? उल्लेख गर्नुहोस् । [५]
१७. सार्वजनिक खरिदको परिचय दिई सार्वजनिक खरिदका विधिहरु के के हुन? चर्चा गर्दै सार्वजनिक खरिद प्रक्रियामा रहेका समस्या समाधान गर्न के गर्नुपर्ला विवेचना गर्नुहोस् । [२+३+५]

