लोक सेवा आयोग
खरिदार तृतीय पत्र, नमूना प्रश्नपत्र परिक्षा–२०८२
मिति:२०८२/१२/१८ पुर्णाङ्क: १०० सेट: ०६
खण्ड (क) – ३५
तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् ।

१. निजामती सेवा ऐन, २०४९ अनुसार निजामती कर्मचारीको आफ्नो पद माथिको पदाधिकार कायम रहने अवस्थाहरु के के रहेका छन् ? [५]
२. विद्युतीय शासनको परिचय दिँदै सार्वजनिक सेवा प्रवाहमा यसको महत्व बारे प्रष्ट पार्नुहोस् । [२+३]
३. भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कस्तो सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको मानिन्छ ? गैरकानूनी सम्पत्ति आर्जन गर्ने राष्ट्रसेवकलाई के कस्तो सजाय हुन्छ ? [३+२]
४. सार्वजनिक सेवा प्रवाह भनेको के हो ? सार्वजनिक सेवा प्रवाहका माध्यमहरु उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपायहरु प्रस्तुत गर्नुहोस् । [२+३+५]
५. सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको महत्व उल्लेख गर्दै सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरु के के हुन् ? प्रष्ट पार्नुहोस् । [५+५]
खण्ड (ख) – ३५
तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् ।
६. “वेरुजु भन्नाले के बुझिन्छ ? वेरुजुका प्रकारहरु लेख्नुहोस् । [२+३]
७. नेपालको सार्वजनिक खरिद व्यवस्थापनमा के कस्ता खरिद विधिहरु अपनाउने गरिएको छ ? लेख्नुहोस् । [५]
८. जिन्सी निरीक्षण भन्नाले के बुझ्नुहुन्छ ? यसले जिन्सी व्यवस्थापनमा कसरी सहयोग पुयाउछ ? उदाहरण सहित प्रष्ट पार्नुहोस् । [२+३]
९. अन्तरसरकारी वित्तीय हस्तान्तरण भनेको के हो ? संघीय सरकारले प्रदेश र स्थानीय तहलाई तथा प्रदेश सरकारले तहलाई के-कस्ता अनुदान हस्तान्तरण गर्न सक्छन् ? चर्चा गर्नुहोस् । [२+७]
१०. कर राजश्व अन्तर्गत रहेको मूल्य अभिवृद्धि कर प्रणालीका बारेमा विवेचना गर्दै के कस्ता माल वस्तुमा मूल्य अभिवृद्धि कर छुट हुने व्यवस्था छ उल्लेख गर्नुहोस् । [४+६]
खण्ड (ग) – ३०
तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् ।
११. म्याद तामेलीको प्रकृया बारेमा उल्लेख गर्नुहोस् । [५]
१२. सार्वजनिक हित वा सरोकार निहित रहेको मुद्दा दायर गर्न हकदैया सम्बन्धमा के कस्तो कानूनी व्यवस्था रहेको छ ? उल्लेख गर्नुहोस् । [५]
१३. जाहेरी दरखास्त भनेको के हो ? मुलुकी फौजदारी अपराध सहिता बमोजिम अभियुक्तलाई पक्राउ पूर्जी जारी गर्दा अपनाउनु पर्ने विधिको बारेमा जानकारी दिनुहोस् । [३+७]
१४. निःशुल्क कानूनी सहायता सम्बन्धी ऐनमा भएका मुख्य मुख्य कानूनी व्यवस्था उल्लेख गर्दै के कस्ता व्यक्तिले कुन कुन माध्यमबाट निःशुल्क कानूनी सहायता पाउछन् लेख्नुहोस् । [५+५]

