नेपाल विद्युत प्राधिकरण, प्रथम पत्र

pampas_aspirant
307 views
नेपाल विद्युत प्राधिकरण, प्रथम पत्र

सेट : १६                         नेपाल विद्युत प्राधिकरण,                     पूर्णाङ्क : ५०

समय : ४५ मिनेट                      परीक्षा मिति : २०८२/१२/१६

सामान्य ज्ञानतर्फ : विषयगत खण्ड                          (६×५=३०)

१. नेपालको जलस्रोतले मुलुकको आर्थिक विकासमा पर्ने प्रभावबारे चर्चा गर्नुहोस्।   [५]

२. नेपालको इतिहासमा ‘मल्लकाल’ लाई कला र संस्कृतिको उत्कर्ष काल मानिन्छ, यस कथनलाई पुष्टि गर्नुहोस्। [५]

Advertisement

३. जलवायु परिवर्तन (Climate Change) भनेको के हो? यसका असरहरू कम गर्न नेपालले चाल्नुपर्ने कुनै पाँचवटा कदमहरू लेख्नुहोस्। [१+४]

४. संयुक्त राष्ट्र संघ (UNO) का प्रमुख अंगहरू के-के हुन्? यसको बडापत्रमा उल्लेख गरिएका प्रमुख उद्देश्यहरू लेख्नुहोस्।   [५]

५. नेपाल बिद्दुत प्राधिकरणको उद्देश्यबारे लेख्नुहोस ।   [५]

६. नेपालमा उद्योग क्षेत्रको विद्यमान अवस्था बारे जानकारी गराउनुहोस् ।   [५]

        गणित                                                         (४×५=२०)

७. एउटा टेलिभिजनको अंकित मूल्यमा १५% छुट दिएर बेच्दा रु. १७,००० मा बिक्री हुन्छ। यदि सो टेलिभिजनमा कुनै पनि छुट नदिने हो भने २५% नाफा हुन्छ भने उक्त टेलिभिजनको क्रय मूल्य (CP) पत्ता लगाउनुहोस्। [५]

८. १२ जना मानिसले दैनिक ६ घण्टा काम गरेर एउटा काम १० दिनमा पूरा गर्न सक्छन् भने, सोही काम ८ दिनमा सक्नका लागि दैनिक ९ घण्टाका दरले कति जना मानिसहरू आवश्यक पर्लान्?    [५]

९. कुनै एउटा शहरको हालको जनसंख्या १,२१,००० छ। यदि सो शहरको जनसंख्या वार्षिक १०% का दरले वृद्धि भएको हो भने, २ वर्ष अघि उक्त शहरको जनसंख्या कति थियो होला?   [५]

१०. रामले आफ्नो मासिक आम्दानीको ६०% घरायसी खर्च गर्छ र बाँकी रहेको रकमबाट २५% शिक्षामा खर्च गर्छ। यदि उसले अन्त्यमा रु. ६,००० बचत गर्छ भने उसको जम्मा मासिक आम्दानी कति होला? [५]

Set 16 page 0001 Pampas Aspirant - पम्पाज परीक्षार्थी