Nayab Subba/Kharidar Model Set | Loksewa Aayog Namuna Prikshya [नमूना परीक्षा]

| Key: [A] |
१. समूह i र समूह ii वीच जोडा मिलाउनुहोस् सही कोडा छान्नुहोस् ।
समूह i (देश) समूह ii (नेपाल सँग दौत्य सम्बन्ध कायम मिति)

a. पाकिस्तान 1. सन १९८३ जुन ३
b. भुटान 2. सन १९६१ जुलाई १
c. वंगलादेश 3. सन १९६० मार्च २०
d. अफगनिस्तान 4. सन १९७२ मार्च ८
A. a-2, b-1, c-3, d-4 B. a-3, b-1, c-4, d-2
C. a-3, b-4, c-1, d-2 D. a-4, b-3, c-1, d-2
२. विश्वको सबैभन्दा लामो नदी नाइल नदी कहाँ गएर विलय हुन्छ ?
A. आन्ध्र महासागर B. मेक्सिको खाडी
C. चाइना सी D. भूमध्यसागर
३. निम्न कथन बारे विचार गर्नुहोस् ।
क. सबैभन्दा दक्षिणमा पर्ने शहर पुन्टा एरिनास (चिलि) हो ।
ख. विश्वमा सबैभन्दा लामो किनारा भएको देश क्यानाडा हो ।
A. क मात्र ठीक B. ख मात्र ठीक
C. दुवै ठीक D. दुवै वेठीक
४. निम्न कथनहरू बारे विचार गरी सही उत्तर छनोट गर्नुहोस् ।
क. भीमसेन थापाका पालामा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको थियो ।
ख. राणा प्रधानमन्त्री विर शम्शेरका पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको थियो ।
A. क मात्र ठीक B. ख मात्र ठीक
C. दुवै ठीक D. दुवै बेठिक
५. देहायका कुन भनाइ सहि हो?
- एकापट्टी तातो र अर्कापट्टी चिसो हुने ग्रह बुध हो।
- सबैभन्दा छोटो दिन हुने ग्रह बृहस्पति हो।
- शिशुग्रहको पहिचान सन १८०१ मा भएको हो।
- माथिका सबै सहि
६. समूह i र समूह ii वीच जोडा मिलाई सही कोड छान्नुहोस् ।
जिल्ला प्रदेश
a. पर्वत 1. कर्णाली प्रदेश
b. सल्यान 2. सुदुरपश्चिम प्रदेश
c. दार्चुला 3. गण्डकी प्रदेश
d. ताप्लेजुङ 4. कोशी प्रदेश
A. a-3, b-1, c-2, d-4 B. a-1, b-3, c-2, d-4
C. a-3, b-1, c-4, d-4 D. a-3, b-4, c-1, d-2
७. बुद्धलाई विष्णुको कति औं अवतारको रुपमा मानिन्छ?
A. पहिलो B. पाँचौ C. सातौं D. नवौं
८.‘पुगेन ताल’ कुन जिल्लामा पर्दछ ?
A. मुस्ताङ B. मनाङ C. डोल्पा D. पाँचथर
९. जनगणना २०७८ अनुसार नेपालमा सबैभन्दा कम साक्षर भएका पाँच जिल्लाहरुको क्रम कुन सहि छ?
A. रौतहट, महोत्तरी, सर्लाही, हुम्ला र बारा
B. रौतहट, महोत्तरी, सर्लाही, हुम्ला र बाँके
C. रौतहट, महोत्तरी, सर्लाही, जुम्ला र बारा
D. रौतहट, सर्लाही, महोत्तरी, हुम्ला र बारा
१०. तलको कुन जोडा गलत छ ?
निर्माण निर्माता
a. भद्राधिवास नरेन्द्रदेव
b. कैलासकुट भवन अंशुवर्मा
c. वालाजुको २१ धारा रणवहादुर शाह
d. वालाजुको २२ औ धारा जयप्रकाश मल्ल
A. a र c मात्र B. c र b मात्र C. c र d मात्र D. d मात्र
११. भारत पुगेपछि मेची नदीलाई के नामले चिनिन्छ?
A. घाँघरा B. विरिङ्ग C. दामोदर D.महानन्द
१२. नेपालको वर्तमान संविधानमा संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूची कतिवटा रहेका छन?
A. २१ वटा B. ३५ वटा C. १५ वटा D. २५ वटा
१३. समुह क र समुह ख बीच जोडा मिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस।
| समुह क | समुह ख | A. a2,b1,c4,d3 B. a4,b3,c1,d2 C. a3,b2,c4,d1 D. a3,b4,c2,d1 | ||
| a. | रामेछाप | 1. | पेट्रोलियम | |
| b. | म्याग्दी | 2. | तामा | |
| c. | मुस्ताङ्ग | 3. | फलाम | |
| d. | दैलेख | 4. | युरेनियम | |
१४. पञ्चदेव भित्र कुन–कुन भगवान पर्दछन् ?
A. गणेश, सूर्य, देवी, रुद्र र विष्णु B. गणेश, लक्ष्मी, देवी, शिव र विष्णु
C. गणेश, सरस्वती, लक्ष्मी, देवी र विष्णु D. कुमार, गणेश, हनुमान, राम र शिव
१५. ‘वातावरणको प्रभाव जीव विकासमा धेरै महत्वपूर्ण छ,’ यो कसको भनाई हो ?
A. चाल्र्स डार्विन B. ग्रेगर मण्डेल
C. लेमार्क D. A र B दुवै
१६. रक्तकाली, चन्दननाथ र नमोवुद्ध मन्दिर क्रमशः …….. जिल्लामा पर्दछन् ।
A. सुनसरी, हुम्ला, काभ्रे B. सिरहा, जुम्ला, नुवाकोट
C. सुनसरी, हुम्ला, सोलुखुम्बु D. काठमाण्डौ, जुम्ला, काभ्रे
१७. नेपालसंग हवाई सम्झौता भएको ४२औं मुलुक कुन हो?
A. रुवान्डा B. स्विडेन
C. न्युजिल्याण्ड D. स्वीजरल्याण्डक
१८. नेपालमा सबैभन्दा बढी खाद्यान्न बाली उत्पादन हुने जिल्ला कुन हो ?
A. मोरङ B. झापा C. सुनसरी D. सिरहा
१९. जुद्धम्याच फ्याक्ट्रीको स्थापना कहिले भएको हो ?
A. वि.सं. १९९५ B. वि.सं. १९९४
C. वि.सं. १९९३ D. वि.सं. १९९२
२०. देहायका देशहरू विचार गर्नुहोस।
1. इण्डोनेशिया 2. सिंगापुर 3. थाइल्याण्ड
4.फिलिपिन्स 5. मलेशिया
माथिका कुन-कुन देशहरु आसियानको त्रिमुर्ति भित्र पर्ने देशहरू हुन?
A. 1-2-3 B. 2-3-5 C. 2-4-5 D. 1-3-5
२१. अन्तराष्ट्रिय न्यायालयमा कतिजना न्यायधीसहरू हुन्छन?
A. १५ जना B. २० जना C. २१ जना D. ९ जना
२२. नेपालको पहिलो महिला रक्षामन्त्री को हुन् ?
A. साहना प्रधान B. द्वारिकादेवी ठकुरानी
C. विद्यादेवी भण्डारी D. अन्सोरी घर्ती
२३. जोडा मिलाउनुहोस।
| क्र.स. | संरक्षण क्षेत्र | स्थापना वर्ष | CODE A. d4,b5,c3,a2, B. b1,d3,c2,a4, C. c2,b1,a3,d4, D. a1,b3,c2,d4, | |
| a. | अन्नपुर्ण संरक्षण क्षेत्र | 1 | वि.सं. 2054 | |
| b. | कत्र्चनजंघा संरक्षण क्षेत्र | 2 | वि.सं.2055 | |
| c. | मनास्लु संरक्षण क्षेत्र | 3 | वि.सं.2049 | |
| d. | कृष्णसार संरक्षण क्षेत्र | 4 | वि.सं.2065 | |
२४. निम्न कथन बारे विचार गर सही भनाई रोज्नुहोस् ।
1. ‘मानव तथा जीव समूह’ नामक कार्यक्रम चलाउने संस्था UNESCO हो ।
2. गोवर ग्यासमा मिथेनको मात्रा ५०–७० प्रतिशत हुन्छ ।
3. हरिगृह प्रभाव (Green House effect) को अवधारणा ल्याउने वैज्ञानिक आर्थिनस हुन ।
A. 1 र 3 मात्र सही B. 1 र 3 मात्र सही
C. 1 र 2 मात्र सही D. सबै सही
२५. दक्षिण पूर्वी एशियाली राष्ट्रहरूको संगठन (ASEAN) को स्थापना कहिले भएको थियो?
A. सन १९६७ अगष्ट ८ B. सन १९६७ अफ्रिल ८
C. सन १९६५ अगष्ट ८ D. सन १९६१ मार्च २
२६. सार्क कृषि सूचना केन्द्र कुन देशमा पर्दछ ?
A. नेपाल B.भारत C. श्रीलंका D. वंगलादेश
२७ . हालसम्मकै सबैभन्दा तातो वर्षको रूपमा कुन वर्षलाई रेकर्ड गरिएको छ?
A. २०२३ B.२०२४ C. २०२५ D.२०२२
२८. दोस्त्रो आर्थिक गणनाको लोगो र नारा सार्वजनिक कहिले भयो ?
A. २०८२ पौष २० B. २०८२ पौष २२
C. २०८२ पौष २१ D. २०८२ पौष २५
२९. हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार नेपालको स्थान कुन हो ?
A. १०१ औं B) ९८ औं C) ९६ औं D) ९० औं
३०. एसियाली जलपन्छी गणना २०२६ को नेतृत्व गर्ने निकाय कुन हो ?
A. नेपाल पन्छी संरक्षण सङ्घ (BCN)
B) राष्ट्रिय प्रकृति संरक्षण कोष
C) वन मन्त्रालय
D) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
31. राम एक्लैले १० दिनमा एउटा काम पूरा गर्न सक्छ जुन हरी एक्लैले १५ दिनमा गर्न सक्छ । उनीहरुले मिलेर काम गरेर टुङ्ग्याउने हो भने जम्मा पारिश्रमिक मध्ये ३००० बाट हरीले कति रकम पाउनेछ ?
A. Rs 1200 B. Rs 1500 C. Rs 1800 D. Rs 2000
32. तल दिइएको मेट्रिक्समा प्रश्न चिन्ह (?) को स्थानमा उपयुक्त विकल्प छान्नुहोस् ।
| 14 | 21 | 24 |
| 16 | 19 | 26 |
| 13 | 18 | 22 |
| 17 | 22 | ? |
A. 24 B. 26 C. 28 D. 30
33. Choose the odd Word.
A. Mother B. Friend C. Sister D. Brother
34. एउटा ताँतीमा राम अगाडिबाट ३५ औँ र श्याम पछाडिबाट २२ औँ स्थानमा छ । यदि सो ताँतीमा ५४ जना व्यक्तिहरु छन् भने राम र श्यामको बीचमा कति जना रहेछन ?
A. 3 B. 2 C. 4 D.1
35. तल दिइएको प्रश्नचिन्ह (?) राखिएको ठाउँमा के हुन्छ ?
KM5, IP8, GS11, EV14, ?
A. CY17 B. BX18 C. CX 17 D. CY16
36.यदि कुनै कोड भाषामा COUNSEL को कोड BITIRAK भए त्यस कोड भाषामा GUIDANCE लाई कसरी लेखिन्छ ?
A. CHYZKBB B. FOHYZJBB C. HOHYBJBA D. FPHZZKAB
37. उत्तर चित्रहरुबाट प्रश्न चिन्ह (?) लाई प्रतिस्थापन गर्ने चित्र छान्नुहोस् ।
Problem Figures: Answer Figures:

(A) (B) (C) (D) (1) (2) (3) (4) (5)
A. 2 B.4 C. 5 D. 3
38. दिईएको चित्र (X) को चार विकल्पहरु मध्येबाट सही ऐना छवि छान्नुहोस् ।

(X) (1) (2) (3) (4)
A.1 B. 2 C. 3 D. 4
39. Count the number of triangles and squares in the given figure.

A.28 B.24 C.32 D. 30
40. A, B र C ले सँगै रु.1800 को कार्य पूरा गर्यो । A ले 6 दिन, B ले 4 दिन र C ले 9 दिन कार्य गर्यो । यदि तिनीहरुको दैनिक ज्यालाको अनुपात 5 : 6 : 4 छ भने A ले कति रकम पाउँला ?
A. 800 B. 600 C. 900 D. 750
41. दिइए प्रश्नमा दिइएको संख्या समूहको विशेषतासँग मिल्ने विकल्प, दिइएको संख्या समूहको विकल्पहरुमध्ये रोज्नुहोस् ।
6, 12, 24,
A. 4,6,8 B. 4,8,10 C. 4,10,12 D. 4,8,16
42. एउटा मानिस दक्षिणतिर फर्की उभिएको छ । ऊ घडी घुम्ने दिशा विपरीत 1800 घुम्छ र त्यसपछि घडी घुम्ने दिशा तर्फ 900घुम्छ भने ऊ अहिले कुन दिशातर्फ फर्केको छ ?
A. उत्तर B. उत्तर–पश्चिम C. दक्षिण–पूर्व D. पूर्व
43. Exercise is to gym as eating is to
A. food B. dieting C. fitness D. restaurant
44. What is the opposite 3, if four different positions of dice are as shown below?

A. 6 B. 4 C. 3 D. 2
45. Choose the figure which is different from the rest.

(1) (2) (3) (4) (5)
A.1 B.2 C.3 D.4
46. बुवा, आमा र छोरीको औसत उमेर ३० वर्ष छ । यदि वुवा र आमाको औसत उमेर ३५ वर्ष तथा आमा र छोरीको औषत उमेर २५ वर्ष भए आमाको उमेर कति रहेछ ?
A. 28 B. 30 C.32 D.35
47. दिइएको क्रममा प्रश्नचिन्ह (?) भएको स्थानमा उयुक्त अंक के होला ?
7, 19, 43, 91, 187, 379, ?
A. 673 B. 712 C. 781 D. 763
48. तल दिइएका अक्षरहरुको कुन समुहमा तीन वटा मात्र स्वर वर्ण हुनुुपर्दछ ?
A. SHREEGHANSHYAM B. PHANENDRANAG
C. SGRHIMFHAMAY D. NRHIPENDRADHAR
49. २१ वटा सुन्तला रु.१२० मा बेच्दा ६ वटा सुन्तलाको क्रय मुल्य बराबर नोक्सान भयो भने एउटा सुन्तलाको क्रय मुल्य कति हुन्छ ?
A. 5 B. 7 C. 8 D. 6
50. कुनै तीस दिन भएको महिनाको अन्तिम दिन शुक्रबार परेको रहेछ भने उक्त महिनाको पहिलो शनिवार कति गते पर्नेछ ?
A. 1st day B. 3rd day C. 2nd day D. 4th day