खरिदार सो सरह पदको द्धितीय चरणको प्रतियोगितात्मक लिखित परीक्षा नमुना परीक्षा

pampas_aspirant
1,380 views
खरिदार सो सरह पदको द्धितीय चरणको प्रतियोगितात्मक लिखित परीक्षा नमुना परीक्षा

अप्राविधिक तर्फका न्याय,परराष्ट्र, प्रशासन, लेखापरिक्षण र व्यवस्थापिका संसद् सेवा,राजपत्र अनंकित प्रथम श्रेणी खरिदार सो सरह पदको द्धितीय चरणको प्रतियोगितात्मक लिखित परीक्षा नमुना परीक्षा

पत्र: द्वीतिय                                           सेट: १७                                              पूर्णाङ्क: १००

विषय: कार्यालय व्यवस्थापन                  मिती: २०८२/१२/२५                           समय:२.३० घण्टा

Advertisement

खण्ड (A)    कार्यालय व्यवस्थापन                     – अंक ( ४०)

तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस ।

१. कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने स्रोत साधनहरूको बारेमा जानकारी दिनुहोस् । [५]

२. अनुक्रमणिका (Indexing) भन्नाले के बुझिन्छ ? कार्यालय व्यवस्थापनमा यसको महत्व उल्लेख गर्नुहोस्।    [५]

३. अभिलेख व्यवस्थापन भन्नाले के बुझ्नुहुन्छ ? अभिलेख व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग कसरी गरिन्छ ? लेख्नुहोस् ।    [२+३]

४. कार्यालय सञ्चालनमा दर्ता र चलानीको आवश्यकता बारे लेख्नुहोस् । [५]

५. जनसम्पर्क र सेवाग्राहीको गुनासो व्यवस्थापन बारे उल्लेख गर्दै सरकारी कार्यालयमा गुनासो व्यवस्थापनको महत्व लेख्नुहोस् ?    [४+६]

६. बैठक व्यवस्थापन भन्नाले के बुझिन्छ ? कार्यालयमा बैठक सञ्चालन र निर्णय अभिलेख गर्ने प्रकृया उल्लेख गर्नुहोस् ।  [२+४+४]

खण्ड (B)    संविधान र नागरिक चेतना                 – (अंक ३०)

तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस ।

७. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त वा आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक योग्यता लेख्नुहोस् ।     [५]

८. नेपालको संविधान बमोजिम प्रदेश व्यवस्थापिकाको गठन सम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस् ।    [५]

९. कर्मचारी र सेवाग्राहीको सकारात्मक र नकारात्मक सोचले कार्यालयको सेवा प्रवाहमा कस्तो प्रभाव पार्दछ ? नकारात्मक सोच न्यूनीकरण गर्ने उपायहरू के के हुन सक्छन ? प्रष्ट पार्नुहोस् ।    [३+३+४]

१०. संविधानलाई मूल कानून किन भनिएको हो ? नेपालको वर्तमान संविधानका प्रमुख विशेषताहरू जानकारी दिनुहोस् ।   [३+७]

खण्ड (C)     सामान्य गणित                     – (अंक ३०) 

तलको प्रश्नहरू समाधान गर्नुहोस् ।

११. कुनै धन निश्चित वार्षिक चक्रिय व्याजदरमा ३ वर्षमा रु. ६६५५० र ४ वर्षमा रु. ७३७०५ हुन्छ भने व्याजदर र मुलधन पत्तालगाउनुहोस् ।   [३+२]

१२. एउटा बगैचाको लम्बाई ६० मिटर तथा चौडाई ४० मिटर छ । बगैचाको विचबाट १० मिटर चौडा बाटो एक अर्कालाई काट्ने गरी गएका छन् भने बाटोले लिएको क्षेत्रफल र बाटो बाहेक वगैचाको क्षेत्रफल पत्ता लगाउनुहोस् ।  [४+१]

१३. यदि दुई वटा संख्याहरूको अनुपात ५:६ र तिनीहरूको योगफल ३३ छ भने ती संख्याहरू पत्ता लगाउनुहोस्।   [५]

१४. टेलिफोनको मासिक १७५ कलसम्म न्यूनतम रु.२०० तिर्नुपर्छ । त्यसपछी अर्को २ मिनेट सम्मको १ कलको हिसाबले रु.२ का दरले महसुल चढ्छ १०% सेवा शुल्क र १३% मूल्य अभिवृद्धि कर जोडी एक कार्यालयमा एक महिनाको टेलिफोन महसुल जम्मा रु. १५६१.२० आएको छ भने उक्त महिनामा थप कति कल फोन गरेको रहेछ ?   [५]

१५. एउटा टेलिभिजनलाई रु.४०,००० मा विक्रि गर्दा २० प्रतिशत नोक्सान भएछ । यदि सो टेलिभिजनबाट ५ प्रतिशत नाफा कमाउने हो भने कति रुपैयामा विक्रि गर्नुपर्ला ?   [५]

१६. कुनै काम १५ जना कामदारहरूले ६ दिनमा सम्पन्न गर्न सक्दछन भने सोही काम एक तिहाई कामदारलाई कटौती गरेर बाँकी कामदारबाट गराउँदा कति दिनमा सम्पन्न गर्न सकिएला । [५]