सेट-७८ नायब सुब्बा / खरिदार (बिशेष) पूर्णाङ्क :१००
समय : ४५ मिनेट परीक्षा मिति : २०८२/१२/०७ उत्तीर्णाङ्क :४५
१. SCREEN TOUCH को आविष्कार कसले गरेका हुन्?
क) इभान्जेलिस्टा टोरिसेली ख) मार्टिन कुपर ग) जे.ब्लेनचार्ड घ) एरिक अर्थर जोन्सन

२. संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNEP) को प्रधान कार्यालय कहाँ रहेको छ ?
क) जेनेभा, स्वीजरल्याण्ड ख) रोम, इटाली ग) नैरोवी, केन्या घ) ग्ल्याण्ड, स्वीजरल्याण्ड
३. तल दिइएका मध्ये कुन जोडा ठिक छैन ?
क) विश्व पानी दिवस – मार्च २२ ख) विश्व पृथ्वी दिवस-अप्रिल २२
ग) विश्व जैविक विविधता दिवस- सेप्टेम्बर २२ घ) विश्व हात धुने दिवस- अक्टोबर १५
४. तल दिइएका कथनहरू विचार गर्नुहोस् ।
१. तिव्वती खरायो नेपालको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पाइन्छ ।
२. बाह्रसिंगेका लागि प्रख्यात राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज हो ।
क) १ ठीक २ बेठीक ख) १ बेठीक २ ठीक ग) दुवै ठीक घ) दुवै बेठीक
५. नेपालसँगै संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने आसियन(ASEAN) का राष्ट्र देहायका मध्ये कुन-कुन हुन् ?
क) कम्बोडिया र लाओस ख) ब्रुनाई र लाओस ग) कम्बोडिया र भियतनाम घ) कम्बोडिया र म्यानमार
६. हाल BIMSTEC को प्राथमिकता तोकिएका क्षेत्र कतिवटा रहेका छन् ?
क) ५ ख) ६ ग) ७ घ) ८
७. तल दिइएका मध्ये सार्क मुलुक र ती मुलुकको राष्ट्रिय भाषा बिच कुन जोडा ठिक छैन ?
क) भुटान – जोङखा ख) पाकिस्तान – पास्तो
ग) श्रीलंका – सिंहाली घ) माल्दिभ्स – दिवेही
८. राष्ट्रिय चलचित्र पुरस्कार, २०८२ मा सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गर्ने चलचित्र कुन हो ?
क) शाम्बाला ख) पूर्ण बहादुरको सारङ्गी
ग) छक्का पञ्जा-५ घ) पिताम्बर
९. हुम्ला जिल्लाको सदरमुकाम सिमकोट कहिले राष्ट्रिय सडक सञ्चालमा जोडिएको हो ?
क) वि.सं. २०८२ असार २० ख) वि.सं. २०८२ असार २२
ग) वि.सं. २०८२ असार २४ घ) वि.सं. २०८२ असार २६
१०. BRICS (ब्रिक्स) को 17औं शिखर सम्मेलन सन् २०२५ मा कुन देशमा सम्पन्न भयो?
क) चीन ख) रसिया ग) दक्षिण अफ्रिका घ) ब्राजिल
११. तल दिइएका मध्ये सबैभन्दा लामो दिन हुने ग्रह कुन हो ?
क) बुध ख) शुक्र ग) बृहस्पति घ) बरुण
१२. दोलखाको खरीढुंगा क्षेत्रमा मुख्य रूपमा तलका मध्ये कुन खनिज पदार्थ पाइन्छ ?
क) निकेल ख) म्याग्नेसाइट ग) कोवाल्ट घ) दुर्लभ धातु
१३. ऐतिहासिक एवं पर्यटकीय महत्त्वको प्रसिद्ध धार्मिकस्थल बुढीनन्दा नेपालको कुन जिल्लामा पर्दछ ?
क) अछाम ख) डोटी ग) बझाङ घ) बाजुरा
१४. सोह्रौं योजनाको दीर्घकालीन सोंच अनुसार वि.सं. २१००/०१ मा नेपालको आर्थिक वृद्धिदर कति पुऱ्याउने लक्ष्य रहेको छ ?
क) १० प्रतिशत ख) १०.३ प्रतिशत ग) १०.५ प्रतिशत घ) १०.८ प्रतिशत
१५. महाशिवरात्री पर्व कहिले पर्दछ ?
क) फाल्गुण कृष्ण चतुर्दशी ख) चैत्र कृष्ण चतुर्दशी
ग) फाल्गुण शुक्ल पञ्चमी घ) चैत्र कृष्ण पञ्चमी
१६. तल दिइएका मध्ये कुन भौतिक साँस्कृतिक सम्पदा अन्तर्गत पर्दैन ?
क) ताम्रपत्र ख) श्रीखण्ड ग) चाडपर्व घ) रुद्राक्ष
१७.राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यन्वयन भए वा नभएको सम्बन्धमा अदालतमा प्रश्न उठाउन नपाउने व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ ?
क) धारा ५५ ख) धारा ५४ ग) धारा ५३ घ) धारा ५२
१८. नेपालको संविधानको कुन मौलिक हकमा “असमर्थ पक्षलाई कानुन बमोजिम निःशुल्क कानुनी सहायता पाउने हक हुनेछ” भन्ने व्यवस्था उल्लेख गरिएको छ ?
क) सामाजिक न्यायको हक ख) न्याय सम्बन्धी हक
ग) शोषण विरुद्धको हक घ) सामाजिक सुरक्षाको हक
१९.मानवले आफ्नो विकास क्रममा ढुङ्गापछि प्रयोग गरेको पहिलो धातु कुन हो ?
क) फलाम ख) पित्तल ग) तामा घ) चाँदी
२०. सूर्यको किरणमा सात रङ हुन्छ भनि पत्ता लगाउने वैज्ञानिक को हुन् ?
क) सर आइज्याक न्युटन ख) थोमस अल्वा एडिसन
ग) गुग्लिमो मार्कोनी घ) ग्यालिलियो ग्यालिली
२१. तल दिइएका मध्ये कुन भनाइ गलत छ ?
क) गोरखापत्र प्रकाशन र सरकारी कार्यालय १०-४ प्रारम्भ देव शमसेरले गरेका हुन् ।
ख) पाटनको कृष्ण मन्दिरको निर्माण सिद्धिनरसिंह मल्लले गरेका हुन् ।
ग) नेपालमा वारठ्ठीहरणको घटना वि.सं. १८६२ मा घटेको थियो ।
घ) नेपालमा सर्वप्रथम मुलुकी ऐन जंगबहादुर राणाले ल्याएका थिए।
२२. कृषि गणना, २०७८ नेपालको कति औं कृषि गणना हो ?
क) छैठौं ख) सातौं ग) आठौं घ) नवौं
२३. नेपालमा एक गाउँ एक उत्पादन कार्यक्रमको सुरुवात कुन आ.व. बाट भएको हो ?
क) आ.व. २०६१/६२ ख) आ.व. २०६२/६३ ग) आ.व. २०६३/६४ घ) आ.व. २०६४/६५
२४. नेपालको तराई, भावर क्षेत्र र भित्री मधेशमा कुन प्रकारको हावापानी पाइन्छ ?
क) उष्ण मनसुनी हावापानी ख) न्यानो समशितोष्ण हावापानी
ग) ठण्डा समशितोष्ण हावापानी घ) ध्रुवीय हावापानी
२५. विश्वको दोस्रो ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
क) उज्वेकिस्तान ख) नाइजर ग) चाड घ) मंगोलिया
२६. ‘Zoo Of The World’ भनेर चिनिने साभाना घाँसे मैदान कुन महादेशमा पर्दछ ?
क) अफ्रिका ख) उत्तर अमेरिका `ग) दक्षिण अमेरिका घ) युरोप
२७. म्याग्नाकार्टाको कुन धाराले प्रत्येक व्यक्तिलाई कानून अनुसार दण्ड दिइनेछ भन्ने कुराको ग्यारेन्टी गरेको छ ?
क) धारा २९ ख) धारा ३९ ग) धारा ४९ घ) धारा ५९
२८. अरिकी स्वतन्त्रताको घोषणापत्र तयार पार्ने व्यक्ति तल दिइएका मध्ये को हुन् ?
क) जर्ज वासिङ्टन ख) प्रयांकलिन रूजवेल्ट ग) थोमस जेफर्सन घ) डोनाल्ड क्याम्पवेल
२९. नेपाल एकीकरण अभियानमा दिगर्चाको लडाइँमा वीरगति प्राप्त गर्ने व्यक्ति तलकामध्ये को हुन् ?
क) कालु पाण्डे ख) गन्धर्व राणा ग) भाष्कर राणा घ) हस्तीदल शाह
३०. पाटनका अन्तिम मल्ल राजा को हुन् ?
क) तेजनरसिंह मल्ल ख) श्रीनिवास मल्ल ग) रणजित मल्ल घ) जयप्रकाश मल्ल
३१. कुनै रकमको 35 प्रतिशत त्यसै रकमको एक चौथाइ जोड्दा 2700 हुन्छ भने सो रकमको 0.05 प्रतिशत कति हुन्छ ?
क) 2.20 ख) 2.25 ग) 2.30 घ) 2.35
३२. प्रश्न चिन्ह भएको स्थानमा सही विकल्प छनोट गर्नुहोस् । 6:18::10: ?
क) 48 ख) 50 ग) 52 घ) 54
३३. दिइएको series पूरा गर्नुहोस्। 1, 3, 11, 47, ?
क) 239 ख) 249 ग) 251 घ) 359
३४. NORMAL + BLOOD = 363 SUGAR + LEVEL = ?
क) 357 ख) 360 ग) 366 घ) 372
३५. समूहमा नमिल्ने पत्ता लगाउनुहोस् ।
क) blood pressure ख) cancer ग) covid-19 घ) sugar
३६. तलकामध्ये कुन भिन्न ठूलो होला ?
क) 7/11 ख) 23/25 ग) 19/23 घ) 47/50
३७. तल दिइएको प्रश्नमा सही विकल्प छनौट गर्नुहोस् ।
क) 187 ख) 180 ग) 156 घ) 198
३८. दिइएको चित्रमा त्रिभुजहरूको संख्या पत्ता लगाउनुहोस् ।

क) 10 ख) 12 ग) 14 घ) 11
३९. विकासले 3 दिनमा गर्न सक्ने काम रामकृष्णले 4 दिनमा गर्न सक्दछ । रामकृष्णले 5 दिनमा गर्न सक्ने काम दिपाले 7 दिनमा गर्न सक्छिन् भने दिपालाई 16 दिन लाग्ने काम विकासले कति दिनमा गर्न सक्छ ?
क) 8 ख) 9 ग) 8-4/7 घ) 11
४०. लगातार आउने 7 वटा विजोर संख्याको औसत 53 भए सबैभन्दा ठूलो संख्यालाई 4 ले गुणन गरेर 12 को वर्ग संख्या घटाउँदा कति हुन्छ ?
क) 82 ख) 92 ग) 102 घ) 112
४१. एउटा ज्याकेट 552 मा बेच्दा जति प्रतिशत नाफा हुन्छ 232 मा बेच्दा त्यतिनै प्रतिशत घाटा हुन्छ भने ज्याकेटको क्रय मूल्य कति होला ?
क) 380 ख) 392 ग) 340 घ) 300
४२. तल दिइएका नामहरूलाई वर्णानुक्रम अनुसार मिलाउँदा सही विकल्प कुन होला ?
1. गोपा पाण्डे 2. दीपा लुइटेल 3. लक्ष्मी लामिछाने 4. कविता रायमाझी 5. ज्ञानु सुवेदी
क) 4, 1, 2, 3, 5 ख) 4, 1, 3, 2, 5 ग) 4, 1, 2, 3, 5 घ) 5, 4, 3, 2, 1
४३. तल दिइएको संख्याहरुलाई बढ्दो क्रममा फाइलिङ गर्दा रेखांकित गरेको फाइल कति औं स्थानमा पर्दछ ?
0.125, 0.0005, 0.625, 11.73, 9.23, 7.23, 72.33, 5.125
क) second ख) third ग) forth घ) fifth
४४. निराजन टाउकोले टेकेर उभिएको छ। उसको अनुहार पूर्व दिशातिर फर्केको भए उसको वायाँ हातले कुन दिशा देखाउँछ ?
क) पूर्व ख) पश्चिम ग) उत्तर घ) दक्षिण
४५. दिएको श्रेणी पूरा गर्नुहोस्। m, v, e, m, s, u …. ?
क) k ख)j ग) c घ) p
४६. Choose the figure which is different from the rest.

४७. प्रश्न चित्रको प्रतिबिम्ब कुन विकल्प हो पत्ता लगाउनुहोस् ।

४८. Identify the figure that completes the pattern.

४९. Find out which of the figures (a), (b), (c) and (d) can be form the pieces given in figure (X).

५०. H#9843FGHK$*239845HKP##$$ को तलका मध्ये कुन चाहिँ प्रतिलिपि कोड होइन?
क) H#9843FGHK$*239845HKP##$$ ग) H#9843FGHK$*239845HKP##$$
ख) H#9843FGHK$*239845HKP##$$ घ) H#9843FGHIKS #239845HKP##$S
PDF link:- https://drive.google.com/file/d/1lBbQCWhQD-heLNZ2_KwKCY1Jds3g-EKr/view?usp=sharing
Join Whatsapp Group:- https://whatsapp.com/channel/0029VbBfLUS5Ejy2YFeab031
Give Us Review on Google:https://g.page/r/CeIcmW3mcL7GEAI/review