नायब सुब्बा तृतीय पत्र

pampas_aspirant_BikalStha
310 views
नायब सुब्बा तृतीय पत्र

राजपत्र अनंकित प्रथम श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, नायब सुब्बा वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षा

मिति: २०८१/१२/१२

पूर्णाङ्क : १००

समय : २.३० घण्टा            विषय : सेवा समूह सम्बन्धी             सेट: ०१                             पत्र: तृतीय                                 

खण्ड – A

निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।

१. टिप्पणीको परिचय दिई टिप्पणी लेखन गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ? उल्लेख गर्नुहोस् ।   [२+३]

Advertisement

२. नेपालमा सेवाग्राही गुनासो व्यवस्थापनको सम्बन्धमा भएका विद्यमान व्यवस्थाहरु बारे चर्चा गर्नुहोस् । [५]

३. अभिलेख व्यवस्थापन भनेको के हो? नेपालमा अभिलेख व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोगका सम्भावना कस्तो रहेको छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।  [२+३]

४. अधिकार प्रत्यायोजनका सम्बन्धमा देखापर्ने समस्याहरु के के हुन् ? उल्लेख गर्नुहोस् ।  [५]

५. मर्यादा प्रणालीको परिचय दिई नेपालको संघिय निजामती सेवाको मर्यादाक्रमको बारेमा उल्लेख गर्नुहोस् । [२+३]

६. नेपालमा कार्यालय निरिक्षण र अनुगमनका सम्बन्धमा भएका कानूनी व्यवस्थाको चर्चा गर्दै कार्यालय निरिक्षण र अनुगमनका सम्बन्धमा देखिएका समस्याहरुको समाधान गर्न के गर्नुपर्ला ? उल्लेख गर्नुहोस् ।   [५+५]

खण्ड – B

निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।

७. सार्वजनिक प्रशासनको परिचय दिई यसका प्रमुख विशेषताहरुको बारेमा चर्चा गर्नुहोस् ।   [२+३]

८. निजामती सेवा ऐन, २०४९ अनुसार निजामती कर्मचारीलाई दिईने सजाय सम्बन्धि व्यवस्थाको बारेमा लेख्नुहोस् ।[५]

९. नेतृत्व भनेको के हो ? नेतृत्वका प्रकारबारे उल्लेख गर्नुहोस् ।    [२+३]

१०. छोटकरिमा लेख्नुहोस् ।     [५]

) समुह गतिशिलता                        ख) समय व्यवस्थापन

११. नेपालको संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई के कस्ता काम, कर्तव्य र अधिकार दिएको छ ? उल्लेख गर्नुहोस् ।   [५]

१२. उत्प्रेरणा भनेको के हो ? नेपालको सार्वजनिक निकायमा कार्यरत कर्मचारिहरुलाई उत्प्रेरित गर्न के गर्नुपर्ला ? आफ्नो राय प्रस्तुत गर्नुहोस् ।    [३+७]

खण्ड – C

निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।

१३. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कार्यहरु के के हुन ? उल्लेख गर्नुहोस् ।    [५]

१४. सुचनाको हक भन्नाले के बुझिन्छ ? सुचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिम सार्वजनिक निकायमा रहेका प्रवाह नगरिने सुचनासम्बन्धि व्यवस्थाका बारेमा उल्लेख गर्नुहोस् ।      [२+३]

१५. छोटकारमा लेख्नुहोस् ।       [५]

) सम्पत्ति शुद्धिकरण                                         ख) विपद व्यवस्थापन

१६. स्थानिय सरकार संचालन ऐन, २०७४ अनुसार गाउँपालिका तथा नगरपालिकाको संख्या र सिमा निर्धारणमा हेरफेरका आधारहरुका सम्बन्धि भएका व्यवस्थाको बारेमा चर्चा गर्नुहोस् ।    [५]

१७. सुशासन भनेको के हो ? सुशासनका विशेषताहरुको चर्चा गर्दै सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ बमोजिम प्रशासनिक कार्य संचालनका आधारहरुको बारेमा उल्लेख गर्नुहोस् ।   [२+३+५]

Set 1 page 0001 Pampas Aspirant - पम्पाज परीक्षार्थी
Set 1 page 0002 Pampas Aspirant - पम्पाज परीक्षार्थी