नायब सुब्बाको प्रतियोगितात्मक लिखित परीक्षा

pampas_aspirant
284 views
नायब सुब्बाको प्रतियोगितात्मक लिखित परीक्षा

राजपत्र अनंकित प्रथम श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, नायब सुब्बा वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षा

विषय : समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन    पूर्णाङ्क : १००

पत्र : द्वीतियपत्र          सेट: १९     (मिति: २०८२/११/२८)          समय : २.३० घण्टा

खण्ड – A (नेपालको सामाजिक, आर्थिक एवम् वातावरणीय अवस्था)

निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।

Advertisement

१. भौगोलिक हिसाबले नेपाललाई कति प्रदेशमा विभाजन गरिएको छ ? छोटकरीमा उल्लेख गर्नुहोस् ।   [५]

२. नेपालको आर्थिक विकासमा निजी क्षेत्रले खेल्ने भूमिकाबारे छोटकरीमा चर्चा गर्नुहोस् ।    [५]

३. गरिबी भनेको के हो? निरपेक्ष गरिबी र सापेक्ष गरिबीको बीचमा भिन्नता देखाउनुहोस् । [१+४]

४. नेपालमा जलविद्युत विकासको सम्भाव्यताका बारेमा वर्णन गर्नुहोस् ।      [५]

५. गरिबी र बेरोजगारीको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् ।       [५]

६. छोटो टिप्पणी लेख्नुहोस् ।        [२.५+२.५]

     (क) नेपालका जातजाती                    (ख) जैविक विविधता

निम्न प्रश्नको लामो उत्तर लेख्नुहोस् ।

७. नेपालमा वातावरण प्रदुषणको अवस्था कस्तो रहेको छ? वातावरण प्रदुषणलाई न्यूनिकरण गर्न तथा जलवायू परिवर्तनको प्रभावलाई थेग्नका लागि नेपाल सरकारले गरेका प्रयासहरूबारे विवेचना गर्नुहोस् । [५+५]

खण्ड – B (संवैधानिक व्यवस्था र सरकार)

निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।

८. नागरिक समाजका दायित्वहरू के-के हुन् ? उल्लेख गर्नुहोस् ।   [५]

९. कानुनका श्रोतहरू के- के हुन ? उल्लेख गर्दै विधायिकाले बनाएको कानुन सर्वशक्तिमान मानिन्छ किन ? छोटकरीमा उल्लेख गर्नुहोस् ।      [२+३]

१०. लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका बारे उल्लेख गर्नुहोस् ।      [५]

११. कानुनको अर्थ र महत्त्वमाथि प्रकास पार्नुहोस् ।               २+३]

निम्न प्रश्नको लामो उत्तर लेख्नुहोस् ।

१२. नेपालको संविधान अनुसार न्यायसम्बन्धी हकको बारेमा भएको व्यवस्था उल्लेख गर्नुहोस् । [१०]

खण्ड – C (सार्वजनिक सेवा संचालन एवम् व्यवस्थापन)

निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।

१३. व्यवस्थापन सूचना प्रणाली भनेको के हो ? उल्लेख गर्नुहोस् ।     [५]

१४. कार्यालयमा अभिलेख व्यवस्थापन किन आवश्यक हुन्छ ? विवेचना गर्नुहोस् ।  [५]

१५. अन्तिम लेखापरिक्षण भन्नाले के बुझ्‌नुहुन्छ ? लेख्नुहोस् ।        [५]

१६. निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू के-के हुन्?         [५]

निम्न प्रश्नको लामो उत्तर लेख्नुहोस् ।

१७. ‘नेपालको सरकारी क्षेत्रले गर्ने सार्वजनीक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका सन्तोषजनक छैन’ । विवेचना गर्नुहोस् ।         [१०]

Set 19 page 0001 Pampas Aspirant - पम्पाज परीक्षार्थी
Set 19 page 0002 Pampas Aspirant - पम्पाज परीक्षार्थी

Whatsapp Group Link:- https://whatsapp.com/channel/0029VbBfLUS5Ejy2YFeab031

थप जानकारी र नियमित Update को लागी माथिको Whatsapp Group मा जोडिनुहोला ।