| विषय : समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन सेट: १४ पूर्णाङ्क : १००पत्र : द्वीतिय पत्र (मिति: २०८२/१०/१५) समय : २.३० मिनेट |
| राजपत्र अनंकित प्रथम श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, नायब सुब्बा वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षा |
खण्ड (A)
निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।

१. नेपालमा अपेक्षा गरे अनुसार कृषि क्षेत्रको विकास किन हुन सकेन ? कारण लेख्नुहोस् । [५]
२. नेपालमा बसाई सराईको प्रवृत्तिबारे चर्चा गर्दै बसाई सराईका कारक तत्वहरु उल्लेख गर्नुहोस् । [५]
३. नेपालमा जलविद्युत उत्पादनको वर्तमान अवस्था कस्तो रहेको छ ? के नेपालको विद्युत निर्यातको सम्भावना छ ? आफ्नो राय दिनुहोस् । [५]
४. नेपालमा सामुदायिक वन व्यवस्थापनको अवधारणाले वनजंगलको संरक्षणमा के कस्तो योगदान पुऱ्याएको छ ? उल्लेख गर्नुहोस् । [५]
५. नेपाल बहु धर्म, जतजाती, भाषाभाषी र सांस्कृतिक रुपमा सम्पन्न मुलुक हो। नेपालमा प्रचलित विभिन्न भाषा र संस्कृतिको जगेर्ना र विकास गर्न गरिएका नीतिगत व्यवस्थाको प्रकाश पार्नुहोस्। [५]
६. नेपालमा सहकारी क्षेत्रलाई आर्थिक विकासको एक महत्वपूर्ण सम्वाहकको रुपमा स्वीकार गरिएको छ। यसै सन्दर्भलाई दृष्टिगत गर्दै पछिल्लो वर्षहरुमा देशको आर्थिक विकासमा सहकारी क्षेत्रले पुऱ्याएको योगदान माथि चर्चा गर्दै सहकारी क्षेत्रको विकासमा देखा परेका चुनौतिहरु समेत उल्लेख गर्नुहोस् । [१०]
खण्ड ख
निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।
७. कानुनका स्रोतहरु उल्लेख गर्नुहोस् । [५]
८. सूचनाको हक भन्नाले के बुझ्नुहुन्छ ? सूचनाको हकले सार्वजनिक प्रशासनमा सुशासन कायम गर्न कसरी सहयोग पुऱ्याउँछ ? [५]
९. नेपालमा वित्तीय संघीयतालाई कसरी आत्मसाथ गरिएको छ ? चर्चा गर्नुहोस् । [५]
१०. विद्युतिय शासनको महत्वबारे उल्लेख गर्नुहोस् । [५]
११. ‘नेपालमा नागरिक शिक्षाको महत्वबारे चर्चा गर्नुहोस् । [५]
१२.भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त कानुनी तथा संस्थागत प्रबन्ध हुदाहुदै पनि नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नुका कारण उल्लेख गर्दै निवारणका उपायहरु समेत उल्लेख गर्नुहोस् । [१०]
खण्ड-ग
निम्न प्रश्नको छोटो उत्तर लेख्नुहोस् ।
१३. अभिलेख व्यवस्थापनको महत्व उल्लेख गर्नुहोस् । [५]
१४. कार्यालय व्यवस्थापनमा आधारभूत तत्वहरु कुन कुन हुन् ? लेख्नुहोस् । [५]
१५. अन्तशुल्क भनेको के हो ? नेपालमा के कस्ता वस्तु तथा सेवामा अन्तःशुल्क लगाइन्छ ? उल्लेख गुर्नहोस् । [५]
१६. वृत्ति विकास भन्नाले के बुझ्नुहुन्छ ? नेपालमा निजामती सेवामा कर्मचारीको वृत्ति विकासका लागि गरिएका व्यवस्थाहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् । [५]
१७. सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका उल्लेख गर्दै सेवाग्राहीको अधिकार तथा दायित्वका बारेमा चर्चा गर्नुहोस् । [१०]
साप्ताहिक परीक्षा दिन: Contact US: 9811332116, 9851357120
Daily Current Affairs
नयाँ के छ त ???
Pampas Youtube Videos (3)
Related Posts
नायब सुब्बा तृतीय पत्र
नेपाल विद्युत प्राधिकरण
नायब सुब्बाको प्रतियोगितात्मक लिखित परीक्षा