समसामयिक घटना २०८२ | Current Affairs 2026 Nepal{Gorkha Patra Falgun 13}

pampas_aspirant_BikalStha
671 views
समसामयिक घटना २०८२ | Current Affairs 2026 Nepal{Gorkha Patra Falgun 13}

समसामयिक घटना २०८२: 20 Powerful & Important Current Affairs 2026 Nepal Updates for Loksewa Success अन्तर्गत यो हाम्रो नियमित साप्ताहिक अपडेट पोस्ट हो।
समसामयिक घटना २०८२ | Current Affairs 2026 Nepal सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वपूर्ण घटनाहरू यहाँ संक्षेप र व्यवस्थित रूपमा प्रस्तुत गरिएको छ।
लोकसेवा, शिक्षक सेवा आयोग, बैंकिङ तथा अन्य प्रतियोगी परीक्षाको तयारी गर्ने विद्यार्थीका लागि यो साप्ताहिक समसामयिक घटना २०८२ विशेष उपयोगी रहनेछ।

१. २५ आँ संस्करणको शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको हो ?

  • सन् २०२६ फेब्रुअरी ६-२२, मिलान-कोर्टिना, इटाली
  • मोट्टो : इट्स योर भाइव
  • सहभागी राष्ट्र : ९२
  • प्रथम : नर्वे (१८ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४१ पदक)
  • द्वितीय : अमेरिका (१२ स्वर्ण, १२ रजत र ९ कांस्य गरी ३३ पदक)
  • तृतीय : नेदरल्यान्ड्स (१० स्वर्ण, ७ रजत र ३ कांस्य गरी२० पदक)
image 64 Pampas Aspirant - पम्पाज परीक्षार्थी

पदक तालिका (प्रमुख १५ राष्ट्र)

Advertisement
क्रसंराष्ट्रस्वर्णरजतकांस्यजम्मा पदक
१नर्वे१८१२११४१
२अमेरिका१२१२९३३
३नेदरल्यान्ड्स१०७३२०
४इटाली१०६१४३०
५जर्मनी८१०८२६
६फ्रान्स८९६२३
७स्विडेन८६४१८
८स्विट्जरल्यान्ड६९८२३
९अस्ट्रिया५८५१८
१०जापान५७१२२४
११क्यानडा५७९२१
१२चीन५४६१५
१३दक्षिण कोरिया३४३१०
१४अस्ट्रेलिया३२१६
१५बेलायत३११५

२अभियान रत्न सम्मान, २०८२ बाट सम्मानित हुने कलाकार को हुन् ?

image 57 Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • ख्यातिप्राप्त अभिनेता स्व. सुनील थापा (मरणोपरान्त)
  • ग्लोबल नेपाली फिल्म अवार्डको समारोहमा थापालाई मरणोपरान्त ग्लोबल दीर्घ साधना सम्मानबाट सम्मानित गरिने निर्णय पनि गरिएको छ।
  • नेपाल फिल्म सोसाइटी, अभियान र ग्लोबल नेपाली फिल्म अवार्ड (एलएलसी) को संयुक्त बैठकले अभिनेता रणोपरान्त सो अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो ।
  • आगामी वर्षदेखि प्रत्येक ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ‘सुनिल थापा स्मृति सम्मान’ नामकरण गर्ने निर्णयसमेत गरिएको ।

३. सरकारले ५० करोड रुपियाँमाथिको विदेशी लगानी पनि अब स्वचालित मार्गबाट नै गर्न सकिने गरी नयाँ नियम कहिले ल्याएको हो ?

image 58 Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • विसं २०८२ फागुन ४ (राजपत्रमा प्रकाशित)
  • सरकारले विदेशी लगानी स्वीकृतिका लागि यसअघि रहेको ५० करोड रुपियाँसम्मको सीमा हटाएर जतिसुकै ठुलो पुँजीको लगानी पनि स्वचालित मार्ग (अनलाइन) बाटै स्वीकृत गर्न सकिने व्यवस्था गरेको छ ।
  • अनलाइन प्रणालीबाट प्राप्त हुने स्वीकृतिपत्रकै आधारमा कम्पनी, भ्याट तथा प्यान दर्ता प्रक्रिया सहज हुने छ, जसले गर्दा लगानी प्रस्तावका लागि मात्र उद्योग विभाग धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
  • २०८१ वैशाखदेखि लागु भएको यस स्वचालित प्रणालीमार्फत आर्थिक वर्ष २०८२/८३ को माघसम्म ९४२ वटा परियोजनामा दुई अर्ब ३४ करोड रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आइसकेको। पर्यटनलगायतका अन्य उद्योगका लागि विदेशी लगानीको न्यूनतम सीमा दुई करोड रुपियाँ यथावत् राखिएको छ तर सूचना तथा प्रविधि उद्योगको हकमा भने कुनै न्यूनतम सीमा तोकिएको छैन ।

SDGs 17 Goals Explained in Nepali

४. युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार, २०२६ कसलाई प्रदान गरियो ?

  • नृपेन्द्रलाल श्रेष्ठ
  • भारतको नयाँ दिल्लीस्थित भारतीय विद्यापीठ र सार्क जर्नालिस्ट फोरम इन्डिया चाप्टरद्वारा श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको हो। श्रेष्ठसँगै भारतका शशी भूषण कुमारलाई पनि सम्मानित गरिएको छ।
  • दक्षिण एसियाली मुलुक बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्न सफल राजनीतिज्ञ को हुन् ?
  • तारिक रहमान (सन् २०२६ फेब्रुअरी १७)
  • बङ्गलादेश राष्ट्रिय पार्टी (बिएनपी) अध्यक्ष तारिक रहमान बड्गलादेशको नयाँ प्रधानमन्त्री बनेका हुन्।
  • उनले राष्ट्रपति मोहम्मद शाहाबुद्दिनद्वारा संसद् भवनमा पद तथा गोपनीयताको सपथ लिएका छन्।
  • बिएनपी संसदीय दलद्वारा उनलाई सोही दिन बिहान दलको सर्वसम्मत नेता चयन गरिएको थियो।
  • सन् २०२६ फेब्रवरी १२ मा सम्पन्न निर्वाचनमा बिएनपीले दुई तिहाइभन्दा घेरै मत ल्याएको थियो।
  • तारिक रहमानका बुवा जियाउर रहमान बङ्गलादेशका पूर्वराष्ट्रपति तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का संस्थापक थिए भने आमा खालिदा जिया बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्री थिइन्। तारिक रहमान करिब १७ वर्ष लण्डनमा निर्वासित जीवन बिताइ सन् २०२५ डिसेम्बरमा मात्र स्वदेश फर्किएका थिए।
  • विश्व म्याराथन च्यालेन्ज अन्तर्गत सात महादेशमा सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा नेपाली पोसाक दौरा सुरुवालमा दौडेर विश्व कीर्तिमान कायम गर्ने धावक को हुन् ?
  • बाल जोशी (नेपाली मूलका अमेरिकी धावक )
  • सन् २०२६ जनवरी ३१ मा अन्टार्टिकाबाट सुरु भएको म्याराथन फेब्रुवरी ६ मा अमेरिकाको मायामीमा सम्पन्न भएको थियो ।

७. ‘एआई इम्प्याक्ट समिट २०२६’ को आयोजना कहाँ गरियो ?

  • नयाँदिल्ली, भारत (सन् २०२६ फेब्रुवरी १६-२१)
  • अमेरिका, चीन, रुस र युरोपेली सङ्घलगायत द८ वटा देश र संस्थाद्वारा ऐतिहासिक ‘नयाँदिल्ली डिक्लेरेसन अन एआई इम्प्याक्ट’ मा हस्ताक्षर भएको छ ।
समसामयिक घटना २०८२
समसामयिक घटना २०८२

०८.देश र महादेशको नाम एउटै भएको देश कुन हो?

  • अस्ट्रेलिया
समसामयिक घटना २०८२
समसामयिक घटना २०८२

०९. नेपाली साहित्यमा ‘आशुकवि’ को उपाधिबाट कसलाई चिनिन्छ ?

  • शम्भुप्रसाद ढुङ्गेल

१०. अर्थ मन्त्रालयद्वारा विसं २०८२ माघ २७ मा प्रस्तुत तथ्याङ्क अनुसार आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धि कति हुने संशोधित अनुमान रहेको छ?

  • ३.५ प्रतिशत
  • सरकारले चालु आवको बजेटमार्फत कुल गार्हस्थ उत्पादन (जिडिपी) को वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरेको थियो ।
  • अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेट आकार घटाएसँगै आर्थिक वृद्धिको लक्ष्य पनि संशोधन गरेको हो।
  • गत आवमा वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान छ। चालु आवमा सरकारले १९ खर्ब ६४ अर्ब रुपियाँको बजेट विनियोजन गरेको थियो। अर्थ मन्त्रालयले १९ खर्बको बजेटलाई १६ खर्ब द5 अर्ब रुपियाँमा झारेको छ ।
  • प्राचीनकालमा चोभारलाई कच्छपाल गिरि भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?
  • दोलागिरि/दोलाद्रीगिरि

१२. अरब राष्ट्रबिच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?

  • सन् १९४५ मार्च २२ (प्रधान कार्यालय : कायरो, इजिप्ट)

१३. कोशी प्रदेश सरकारद्वारा लगानी सम्मेलनको आयोजना कहिले गरियो ?

  • विसं २०८२ वैशाख १८-१९
  • सम्मेलनमा कोशी पोडवे (रानी-भेडेटार), बराहक्षेत्र केबलकार, ग्रिन हाइड्रोजनलगायत ७१ परियोजना प्रस्तुत भएका थिए ।
  • ५१ परियोजनाका समभदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
  • औद्योगिक उत्पादन क्षेत्रमा ४२.४९ प्रतिशत र पूर्वाधार तथा सहरी विकास क्षेत्रमा ३९.१३ प्रतिशत लगानी प्रतिबद्धता आएको छ। कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि र स्वास्थ्य क्षेत्रका परियोजनाले पनि उल्लेख्य चासो पाएका छन्।

१४. ‘न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्डस् २०२६’ मा लाइफ टाइम अचिभमेन्ट इन वुमन आन्ट्रप्रन्योरसिपबाट सम्मानित हुने महिला उद्यमी को हुन् ?

  • कमला श्रेष्ठ (नेपालकै प्रथम ब्युटिसियन)
  • ‘स्पेसल रिकगिनसन फर कन्ट्रिब्युसन अन वुमन आन्ट्रप्रन्योरसिप’ बाट शान्ति चड्डा (संस्थापक अध्यक्ष, महिला उद्यमी महासङ्घ नेपाल) पुरस्कृत भएकी छन्।
  • कार्यक्रममा विभिन्न सात विधामा १३ जना महिला उद्यमी सम्मानित भएका छन्।

१५. २० औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन (२०८२ फागुन) को उपाधि कसले जितेका छन् ?

  • जुलियस मुरिउकी वाहोम (केन्याली धावक, २ घण्टा २३ मिनेट ३९ सेकेन्ड)
  • पुरस्कार राशि : चार लाख रुपियाँ
  • द्वितीय : गजेन्द्र राई (२ घण्टा २४ मिनेट ४७ सेकेन्ड)
  • पुरस्कार राशि : दुई लाख रुपियाँ
  • तृतीय : हरिकुमार रिमाल (२ घण्टा २७ मिनेट १८ सेकेन्ड)
  • पुरस्कार राशि : एक लाख रुपियाँ
  • निर्धारित दुरी : ४२.१९५ किलोमिटर

१६. आइसिसी टी-२० विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडी को बनेका छन् ?

  • युवराज समारा (क्यानडा, उमेर : १९ वर्ष १४१ दिन)
  • १० आँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटमा समाराले न्युजिल्यान्डविरुद्ध ११० रनको शतकीय इनिङ्स खेलेका छन्।  
image 62 Pampas Aspirant - पम्पाज परीक्षार्थी

१७. भारतद्वारा पशुपतिनाथ-वैद्यनाथ हाई-स्पिड कोरिडोर बनाउने घोषणा कहिले गरिएको हो?

  • सन् २०२६ फेब्रुअरी १०
  • पशुपतिनाथ र भारखण्डस्थित वैद्यनाथ मन्दिर जोड्ने सो मार्गको लम्बाइ २५० किलोमिटर हुने छ ।
image 63 Pampas Aspirant - पम्पाज परीक्षार्थी

१८. नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक पत्रिका गोरखापत्र कहिलेदेखि दैनिक रूपमा प्रकाशित हुन थालेको हो ?

  • विसं २०१७ फागुन ७
  • अर्धसाप्ताहिक प्रकाशन आरम्भ : विसं २००० असोज २ ९ (मङ्गलबार र शुक्रबार)
  • सातामा तीन पटक प्रकाशन आरम्भ : विसं २००३ पुस ८

१९. नेपाली आकाशमा छ वटा ग्रह एकसाथ कहिले देखिए ?

  • विसं २०८१ माघ १४ (सन् २०२५ जनवरी २७)
  • नेपाली आकाशमा छ वटा ग्रह एउटै लाइनमा लस्करै देखिएका थिए।

२०. नेपाल र भारतबिच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्भौतामा कहिले हस्ताक्षर भएको हो?

  • विसं २०८२ फागुन ६ (सन् २०२६ फेब्रुअरी १८) भारतसँग पहिलो पटक पारस्परिक कानुनी सहायता सम्भौतामा हस्ताक्षर भएको हो।
  • यस सम्भौताले अन्तरदेशीय अपराधको संयुक्त अनुसन्धानदेखि एकअर्का देशबाट प्रमाण आदानप्रदानलाई बाटो खुल्ने जनाइएको छ। सम्भौताका लागि विसं २०८२ असोज ३० मा बसेको मन्त्रीपरिषद् बैठकद्वारा स्वीकृति प्रदान गरिएको थियो ।  .प्रस्तुतकर्ता : टड्क केसी

अन्ततः, समसामयिक घटना २०८२ | Current Affairs 2026 Nepal ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका महत्वपूर्ण राजनीतिक, आर्थिक, खेलकुद र पुरस्कारसम्बन्धी घटनाहरूलाई एकै स्थानमा समेटेको छ। यस्ता नियमित साप्ताहिक अपडेटहरूले लोकसेवा, शिक्षक सेवा आयोग, बैंकिङ तथा अन्य प्रतियोगी परीक्षाका अभ्यर्थीलाई तथ्यगत रूपमा अद्यावधिक र प्रतिस्पर्धात्मक बनाउँछ।

त्यसैले, आगामी दिनमा पनि निरन्तर रूपमा समसामयिक घटना २०८२ का अपडेटहरू अध्ययन गर्नु सफल परीक्षा तयारीको बलियो आधार बन्न सक्छ। नियमित अध्ययन, पुनरावलोकन र विश्लेषणसहितको तयारीले नै “Current Affairs 2026 Nepal” मा उत्कृष्ट नतिजा दिलाउन सहयोग गर्दछ।

For PDF Upload

Follow US on Facebook:  https://www.facebook.com/pampaseducation/

Our Website :                    https://www.pampaseducation.com.np/

Join Whatsapp Group:     https://whatsapp.com/channel/0029VbBfLUS5Ejy2YFeab031

Give Us Review on Google: https://g.page/r/CeIcmW3mcL7GEAI/review

Join our Messenger Group: https://www.messenger.com/channel/pampaseducation

All in One Link Collection:  https://linktr.ee/PampasEducation