समसामयिक घटना २०८२ | Current Affairs 2026 Nepal{Gorkha Patra Chaitra 18}
१. राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाहको प्रधानमन्त्रित्वमा नयाँ सरकारको गठन कहिले भएको हो ?
- विसं २०८२ चैत १३
- प्रधानमन्त्री नियुक्त : विसं २०८२ चैत १३
- नेपालको संविधान (२०७२) जारी भएपश्चात् पहिलो पटक धारा ७६ (१) अनुसार प्रधानमन्त्री बन्ने उहाँ पहिलो व्यक्तित्व हुनुहुन्छ ।
- नयाँ मन्त्रीपरिषद् (चैत १३ मा गठित)
| क्र.सं. | नाम थर | पद | कार्यविभाजन |
| १. | बालेन्द्र शाह | प्रधानमन्त्री | रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति |
| २. | डा. स्वर्णिम वाग्ले | मन्त्री | अर्थ |
| ३. | सुधन गुरुङ | मन्त्री | गृह |
| ४. | शिशिर खनाल | मन्त्री | परराष्ट्र |
| ५. | सुनिल लम्साल | मन्त्री | भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास |
| ६. | विराजभक्त श्रेष्ठ | मन्त्री | ऊर्जा, जलस्रोत तथा सिंचाइ |
| ७. | खडक राज पौडेल(गणेश) | मन्त्री | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन |
| ८. | सस्मित पोखरेल | मन्त्री | शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकद |
| ९. | निशा मेहता | मन्त्री | स्वास्थ्य तथा जनसङख्या; खानेपानी |
| १०. | डा. विक्रम तिमिल्सिना | मन्त्री | सञ्चार तथा सूचना प्रविधि |
| ११. | प्रतिभा रावल | मन्त्री | सङ्घीय मामिला तथा सामान्य प्रशासन; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण |
| १२. | सोविता गौतम | मन्त्री | कानुन, न्याय तथा संसदीय मामिला |
| १३. | गीता चौधरी | मन्त्री | कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरण |
| १४. | दीपककुमार साह | मन्त्री | श्रम, रोजगार तथा सामाजिक सुरक्षा |
| १५. | सीता वादी | मन्त्री | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक |
- नेपालको पहिलो प्रधानमन्त्री : भीमसेन थापा
- नेपालको पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्की
२. वासु शशी साहित्य पुरस्कार, २०८२ कसलाई प्रदान गरियो ?

- साहित्यकार वसन्त चौधरी
३. मानवनिर्मित रोबोट ‘अप्टिमस’ सहित मङ्गल ग्रहमा प्रक्षेपण गर्न लागिएको विश्वकै शक्तिशाली रकेट कुन हो ?
- स्टारसिप
- स्पेसएक्सले मानवनिर्मित रोबोट ‘अप्टिमस’ लाई आफ्नो शक्तिशाली स्टारसिप रकेटमार्फत यसै वर्षको अन्त्यमा मङ्गल ग्रहमा पठाउने जनाएको छ ।
- यो प्रक्षेपण र अवतरण सफल भएमा सन् २०२९ देखि २०३१ सम्ममा मङ्गल ग्रहमा मानिस पठाउने एलन मस्कको योजना रहेको छ ।
४. मानिसको दिमागमा कम्प्युटर चिप राख्न व्यावसायिक स्वीकृति दिने विश्वको पहिलो मुलुक कुन हो ?
- चीन (सन् २०२६ मार्च)
- चीन ‘इन्भेसिभ’ ब्रेन-कम्प्युटर इन्टरफेस (बिसिआई) मेडिकल डिभाइसलाई व्यावसायिक बिक्रीको स्वीकृति दिने विश्वकै पहिलो देश बनेको छ ।
- चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसन (एनएमपिए) ले पक्षघात भएका बिरामीहरूको उपचारका लागि यस्तो डिभाइस व्यावसायिक रूपमा प्रयोग गर्ने अनुमति प्रदान गरेको छ ।
- अनुमति पाउनेमा ‘न्युराकल मेडिकल टेक्नोलोजी’ ले विकास गरेको नियो नामक उपकरण रहेको छ ।
- ब्रेन-कम्प्युटर इन्टरफेस यस्तो प्रविधि हो, जसले मस्तिष्कमा उत्पन्न हुने विद्युतीय सङ्कंतलाई वास्तविक समयमा पढेर कम्प्युटर वा मेकानिकल उपकरणहरू नियन्त्रण गर्न सक्छ। यो प्रविधि इन्मेसिभ र नन्-इन्मेसिभ गरी दुई प्रकारको हुन्छ । हाल स्वीकृत भएको नियो उपकरण इन्ेसिभ प्रविधि हो ।
- लामो समयदेखि प्रयोगशालामा सीमित रहेको बिसिआई प्रविधिलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उदयले व्यावसायिकतातर्फ अघि बढन सहयोग पुऱ्याएको छ। एआईले मस्तिष्कका हजाराँ न्युरोनबाट निस्कने जटिल सङ्केतहरूलाई तत्कालै विश्लेषण गर्न सम्भव बनाइदिएको छ। यस क्षेत्रमा अहिले विश्वभर कडा प्रतिस्पर्धा रहेको छ।
५. नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसड्घका महासचिव को हुन् ?
- कोफी अन्नान र ड्याग ह्यामरसोल्ड
६. व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?
- परी (पाइला टेक्नोलोजीले बनाएको र नेपाल एसबिआई बैङ्कमा प्रयोगमा ल्याइएको हो।)
७. दर्जनौ व्यक्तिको ज्यान जाने गरी कोलम्बियाली वायुसेनाको विमान कहिले दुर्घटनाग्रस्त भएको हो ?
- सन् २०२६ मार्च २४
- विमानमा ११४ जना सैनिक जवान र ११ जना चालक दलका सदस्य रहेको जनाइएको छ ।
- सो दुर्घटनामा परी ६६ भन्दा बढी व्यक्तिको ज्यान गएको साथै दर्जनौं व्यक्ति घाइते हुन पुगेका छन्।
- नेपालको समावेशी चरित्रलाई आत्मसात् गर्दै गोरखापत्रले विभिन्न मातृभाषामा समाचार र लेख प्रकाशन गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो ?
- विसं २०६४ असोज १
- यस बहुभाषिक खण्डलाई ‘नयाँ नेपाल’ नामकरण गरिएको छ।
- सुरुवातमा सीमित भाषाहरूबाट थालिएको यो अभियान अन्तर्गत हाल थपिँदै गएर ४६ वटा विभिन्न मातृभाषामा सामग्री नियमित रूपमा प्रकाशन हुँदै आएका छन्। एउटै पत्रिकाले यति धेरै भाषामा सामग्री प्रकाशन गर्नु विश्व पत्रकारितामै दुर्लभ मानिन्छ।
९. राष्ट्रिय विकास परिषद्को अध्यक्ष को हुने प्रावधान छ?
- प्रधानमन्त्री
१०. विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो ?
- ब्राजिल
११. विसं २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनपश्चात् नवनिर्वाचित सांसदद्वारा कहिले शपथ ग्रहण गरियो ?
- विसं २०८२ चैत १२
- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सपथ लिइएको हो।
- शपथ ग्रहण लिने प्रतिनिधि सभा सदस्य : २७४
- सिंहदरबारस्थित सङ्घीय संसद्को निर्माणाधीन बहुउद्देश्यीय सभाकक्षमा शपथ ग्रहण समारोह आयोजना भएको हो ।
- प्रतिनिधि सभाका ६६ जना सदस्यले १८ वटा अन्य मातृभाषामा शपथ लिनुभएको थियो।
- ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले अघिल्लो दिन चैत ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको थियो।
१२. राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याड्क अनुसार हाल नेपालमा कति प्रतिशत क्षय रोगका बिरामी उपचारभन्दा बाहिर रहेको उल्लेख छ?
- ४२ प्रतिशत
- राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा प्रति एक लाख जनसङ्ख्यामा २२७ जनामा क्षयरोग हुने गरेको छ। क्षयरोगको सबैभन्दा डरलाग्दो पक्ष भनेको यसका ४२ प्रतिशत बिरामी उपचारभन्दा बाहिर हुनु हो।
- समाजमा छरिएर रहेका बिरामी उपचारको पहुँचमा नआउँदा एकले अर्कोलाई सार्ने र क्षयरोग फैलाउने कार्य बढिरहेको केन्द्रका निर्देशक डा. भुवन पौडेलले बताउनुभयो।
- नेपालमा सरकार तथा विभिन्न साभेदारी निकायले सन् २०१०, २०१५ र २०१८ मा सर्मिलेन्स सर्भे गरेका थिए तर त्यसयता स्थानीयस्तरसम्म पुगेर सर्भिलेन्स सर्भसमेत गरिएको छैन।
- नेपालले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ ।
- सन् २०२५ को तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी क्षयरोग सङ्क्रमित मधेश प्रदेश (२५ प्रतिशत) मा रहेका छन् ।
- क्षयरोग सङ्क्रमणबाट नेपालमा बर्सेनि १६ हजार जनाको ज्यान जाने गरेको छ ।
१३. मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन्?
- फादर विलियम बर्क (कृति : सही शब्द, विसं २०५१)
- सन् २०२६ मार्च २८
- सहभागी टोली : १० (ग्रुप ए : चेन्नई सुपर किङ्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेङ्लुरु, पन्जाब किङ्स; ग्रुप बी : मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, देल्ही क्यापिटल्स र लख्नउ सुपर जायन्ट्स)
- पहिलो खेल : रोयल च्यालेन्जर्स बेड्लुरु र सनराइजर्स आइपिएलको सुरुवात : सन् २००८
- १८ आँ संस्करणको विजेता : रोयल च्यालेन्जर्स बेङ्लुरु (उपविजेता : पन्जाब किङ्स)
- अफ्रिकामा पहिलो पटक जी-२० सम्मेलन आयोजना भएको थियो।
- सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका थिए।
- जी-२० शिखर सम्मेलनको घोषणापत्र पारित भएको छ।
- जलवायु, ऊर्जा, ऋण स्थिरता, खनिज सम्भौतालगायतका विषय घोषणापत्रमा समेटिएका छन्।
- घोषणापत्रमा युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिका लागि संयुक्त आह्वान समावेश छन्।
१४. डब्लुडब्लुएफ को आदर्श वाक्य के हो ?
- फर नेचर : फर पिपुल : फर इभर
१५. इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ आँ संस्करण कहाँ देखि सुरु भएको हो ?
- हैदराबाद।
१६.जी-२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो?
- दक्षिण अफ्रिका
- मिति : सन् २०२५ नोभेम्बर २२-२३
१७. बिम्स्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन कुन हुन् ?
- अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स (सार्क सदस्य नभएका बिम्स्टेक राष्ट्र थाइल्यान्ड र म्यानमार हुन् ।)
१८. नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागु गरिएको हो ?
- विसं २०७१ असोज १३
१९. ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ द्वारा सार्वजनिक (सन् २०२६ मार्च) प्रतिवेदन अनुसार आतड्कवादी गतिविधि हुने देशहरूको सूचीको पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?
- पाकिस्तान
- १६३ देश समेटिएको यस सूचीमा आतङ्कवादबाट सबैभन्दा बढी प्रभावित देशको रूपमा पाकिस्तान रहन पुगेको छ ।
- यस सूचीमा नेपाल ८९ आँ स्थानमा रहेको छ।
आतड्कवादी गतिविधिबाट बढी प्रभावित मुलुक स्थान
| स्थान | राष्ट्र | स्कोर |
| १ | पाकिस्तान | ८.५७४ |
| २ | बुर्किनाफासो | ८.३२४ |
| ३ | नाइजर | ७.८१६ |
| ४ | नाइजेरिया | ७.७९२ |
| ५ | माली | ७.५८६ |
| ६ | सिरिया | ७.५४५ |
| ७ | सोमालिया | ७.३९१ |
| ८. | प्रजातान्त्रिक गणतन्त्र कङ्गो | ७.१७१ |
| ९ | कोलम्बिया | ७.११६ |
| १० | इजरायल | ६. ७९ |
२०. विश्वव्यापी ऊर्जाको मुख्य मार्ग होर्मुज जलडमरुले कुन-कुन खाडी जोड्छ ?
- पर्सियन खाडी र ओमानको खाडी
- विश्वको कुल समुद्री तेल व्यापारको करिब २० देखि ३० प्रतिशत हिस्सा यही मार्ग भएर हुने गछ ।
- सबैभन्दा साँघुरो भागमा मात्र ३३ किलोमिटर चौडा रहेको यो मार्ग इरान र ओमानको जल क्षेत्रमा पछ। संवेदनशील भूगोल र साँघुरो बाटो भएका कारण यो बारम्बार शक्ति राष्ट्रबिचको तनावको तारो बन्ने गरेको छ ।
प्रस्तुतकर्ता : टड्क केसी
Daily Current Affairs
नयाँ के छ त ???
Pampas Youtube Videos (3)
Related Posts
साप्ताहिक समसामयिक अपडेट २०८२[२०८२/१०/२३ गते ]
आज माघ २८ गते गोरखापत्रमा प्रकाशित लोक सेवा अध्ययन सामग्री र समसामयिक गणना Update
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर[2082 Poush 07]