समसामयिक घटना २०८२ | Current Affairs 2026 Nepal{Gorkha Patra Chaitra 25}

pampas_aspirant_BikalStha
567 views
समसामयिक घटना २०८२ | Current Affairs 2026 Nepal{Gorkha Patra Chaitra 25}

1. विसं २०८२ चैत २२ को प्रतिनिधि सभा बैठकद्वारा सभामुखमा पदमा कसलाई चयन गरियो ?

  • डोलप्रसाद (डिपी) अर्याल
  • अन्य दलबाट कुनै उम्मेदवारी नपरेपछि उहाँ उक्त पदमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
image Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • १० आँ सभामुखको रूपमा निर्वाचित अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराइएको हो ।
  • काठमाडाँ निर्वाचन क्षेत्र नम्बर-९ बाट सांसद निर्वाचित अर्यालले यसअघि नेपाल सरकारको ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री’ को जिम्मेवारीसमेत समाल्नु भएको थियो ।
  • पहिलो सभामुख : कृष्णप्रसाद भट्टराई
  • पहिलो महिला सभामुख : ओनसरी घर्तीमगर
१. कृष्णप्रसाद भट्टराई(विसं २०१५)६. ओनसरी घर्ती (विसं २०७२)
२. दमननाथ ढुङ्गाना (विसं २०४८)७. कृष्णबहादुर महरा (विसं २०७४)
४. तारानाथ रानाभाट(विसं २०५६)८. अग्निप्रसाद सापकोटा (विसं २०७५)
३. रामचन्द्र पौडेल(विसं २०५१)९. देवराज घिमिरे (विसं २०७९)
५. सुवास नेम्वाङ(विसं २०६३, २०६५, २०७०)१०. डोलप्रसाद (डिपी) अर्याल (विसं २०८२)

२. हालै नासाले चन्द्रमाको परिक्रमा गर्ने उद्देश्यका साथ अन्तरिक्षयात्रीसहित पठाएको ऐतिहासिक मिसनको नाम के हो?

Advertisement
  • आर्टेमिस-२
  • सन् २०२६ अप्रिल १ मा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो ।
  • यस मिसनका चार जना यात्रीमध्ये क्रिस्टिना कोच चन्द्रमाको कक्षमा पुग्ने पहिलो महिला र मिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्षयात्री हुन् ।
image 1 Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • यात्रीहरूले चन्द्रमामा पाइला टेक्ने छैनन्। उनीहरूले यानमार्फत चन्द्रमाको नजिकबाट परिक्रमा गर्ने छन् र १० दिने यात्रापछि पृथ्वी फर्कने छन् ।
  • ५० वर्षपछिको यो पहिलो मानवसहितको चन्द्र-उडानद्वारा आगामी मिसन (आर्टेमिस-३) मार्फत मानिसलाई सुरक्षित रूपमा चन्द्रमामा उतार्नुअधि प्रविधिको परीक्षण गरिने जनाइएको छ ।

३. वानीरा प्रज्ञा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ?

  • कवि तथा गीतकार माधव खनाल ‘भावुक’
image 2 Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • यसै गरी, कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ ।
  • दुवै पुरस्कारको राशि जनही एक/एक लाख रुपियाँ रहेको छ ।
  • आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमा समर्पित चितवनका धनराज गिरीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ बाट सम्मान गरिएको हो। त्यसै गरी किशोरावस्थादेखि नै समाज सेवामा समर्पित काठमाडौंका सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गरिएको छ ।
  • नेपाली साहित्य जगत्की प्रतिभा डा. वानीरा गिरीको सम्भनामा यी पुरस्कार स्थापना गरिएको हो ।

४. काठमाडौं महानगरपालिकाद्वारा साभा यातायातसँगको सहकार्यमा रात्रिकालीन सार्वजनिक यातायात सेवा कहिलेदेखि सञ्चालन गर्ने निर्णय भएको छ?

  • विसं २०८३ वैशाख १
image 3 Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • यस सेवा अन्तर्गत हाल एउटा रुट ललितपुरको लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म  हुने छ। त्यस्तै अर्को रुट थानकोटदेखि सतुङगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म रहेको छ ।
  • यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। साँभ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने बसमा सिसिटिभी क्यामरा जडान हुने छन्। सुरक्षाका लागि नगर प्रहरी हुने छन् ।

५. आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु-कल्पना स्रष्टा सम्मान, २०८२’ कसलाई प्रदान गरियो ?

  • वरिष्ठ गीतकार किरण खरेल
image 4 Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठद्वारा गीतकार खरेललाई सम्मानपत्रका साथ नगद राशि एक लाख १११ रुपियाँ प्रदान गरिएको छ ।
  • सम्मानित स्रष्टा खरेलको पहिलो गीत ‘ए दूरका सितारा मेरो चाँदनी कहाँ छ … ‘ २०१४ सालमा रेकर्ड भएको थियो साथै हिमालको काखमा छ सानो मेरो गाउँ … , तिमीले चुमेका पाइला … , उसको मायाले माऱ्यो … , यो मौसम यो हरियाली … , नमान लाज यस्तरी … , वसन्त नै बस्न … लगायत सात सयभन्दा बढी गीत उहाँले सिर्जना गर्नुभएको हो ।

६. सरकारले नागढुङ्गा सुरुडमार्ग सञ्चालन तथा व्यवस्थानको जिम्मा कुन कम्पनीलाई दिने भएको छ?

  • युसिन-एआरटी जेभी (चिनियाँ कम्पनी)
  • सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि गत कात्तिक १६ गते ठेक्का आह्वान भएको थियो। १० कम्पनीले टेन्डर दिएकामा युसिन-एआरटी जेभीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेको थियो।
  • सो सुरुङमार्ग विसं २०८३ वैशाख अन्तिममा परीक्षण तथा साउन पहिलो सातादेखि व्यावसायिक सञ्चालन हुने जनाइएको छ ।
image 5 Pampas Aspirant - पम्पाज परीक्षार्थी

९. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो?

  • स्नातक तह

10. सर्वप्रथम सुशासन शब्दको आधिकारिक प्रयोग कहिले गरिएको हो ?

  • सन् १९८९ (विश्व बैङ्कद्वारा)
  • विश्वमा पहिलोपल्ट विश्व बैङ्कद्वारा प्रस्तुत सन् १९८९ को ‘सब-सहारन अफ्रिका : फ्रम क्राइसिस डु सस्टेनेबल ग्रोथ’ प्रतिवेदनले अफ्रिकाको विकास महुनुको मुख्य कारण ‘शासन व्यवस्थाको कमजोरी’ लाई मानेको छ। सन् १९९० को दशकबाट दिगो विकास र गरिबी न्यूनीकरणको अनिवार्य सर्तको रूपमा सुशासनको अवधारणाको उदय भएको हो ।
  • सन् १९९२ को विश्व बैङ्ककै अर्को प्रतिवेदन ‘गभर्नेन्स एन्ड डेभलपमेन्ट’ मार्फत सुशासनका मुख्य तत्त्व जस्तै : पारदर्शिता, उत्तरदायित्व आदि स्थापित भएको छ ।
  • विश्वव्यापी मान्यताः सन् १९९५ को ‘सामाजिक विकाससम्बन्धी विश्व सम्मेलन’ ले सुशासनलाई प्रजातान्त्रिक र मानवकेन्द्रित दिगो विकासको आधारशिलाको रूपमा घोषणा गरेको छ ।
  • मुख्य उद्देश्य : शासन व्यवस्थामा सुधार ल्याई जनतालाई उपलब्ध गराउने सेवा प्रवाहमा गुणस्तरीयता, पारदर्शिता र प्रभावकारिता बढाउनु हो।
image 6 Pampas Aspirant - पम्पाज परीक्षार्थी

१०. विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी सङ्ख्या कति रहेको छ?

  • पाँच लाख १२ हजार ४२१
  • नियमिततर्फ : चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ : ७० हजार ८५५ विद्यार्थी।
  • परीक्षा सञ्चालन मिति : विसं २०८२ चैत १९-२९
  • परीक्षा केन्द्र : १,९६६ (जापानमा एकसमेत गरी)।
  • राष्ट्रिय परीक्षा बोर्डले यस पटक एसइईको उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गरेको छ।

११. सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गऱ्यो ?

  • डा. गुणाकर भट्ट
  • नियुक्त मिति : विसं २०८२ चैत २४
image 7 Pampas Aspirant - पम्पाज परीक्षार्थी

१२. कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनी चिनिन्छ?

  • राइट लिम्लिहुड पुरस्कार

१३. अपरेसन नाइटिङ्गेल भन्नाले के बुभिन्छ ?

  • प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम ।

१४. सर्वोच्च अदालतको कायममुकायम प्रधान न्यायाधीशमा कसलाई नियुक्त गरियो ?

  • सपना प्रधान मल्ल (विसं २०८२ चैत १८)
image 8 Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ू ब्से उमेर हदका  कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधान न्यायाधीशको रूपमा जिम्मेवारी समाल्नु भएको हो ।
  • उहाँ विसं २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो ।
  • नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेकी मल्लले दिल्ली विश्वविद्यालयमा कानुनमै स्नातकोत्तर तथा अमेरिकाको हार्वर्डबाट जनप्रशासनमा स्नातकोत्तर गर्नुभएको छ ।

१५. सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कहिले गरेको हो ?

  • विसं २०८२ चैत २२
  • सरकार हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
  • कार्यालय समय बिहान नौ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ।
  • सार्वजनिक बिदाका दुई दिन सबै सरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहने छन्।
  • विसं २०८१ मङ्सिर २ नेपाल टेलिकमले ल्यायो नामक रोबोट सेवा सञ्चालन गरिएको हो।
  • सामान्य सोधपुछदेखि एनटिसी सेवाका थुंप्रै प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत पाउन (सुन्न) सक्ने छ।
  • रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको छ।

१६. नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको सुरुवात कहिले गरेको हो?

  • विसं २०८१ मङ्सिर ३
  • नामक रोबोट सेवा सञ्चालन गरिएको हो।
  • सामान्य सोधपुछदेखि एनटिसी सेवाका थुंप्रै प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत पाउन (सुन्न) सक्ने छ । रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको छ ।

१७. विमानमा जडित बल्याक बक्सको रड कस्तो हुन्छ?

  • सुन्तला रङ

१८. साना तथा मझौला उद्यम विकास केन्द्रको स्थापना कहिले गरिएको हो ?

  • विसं २०८१ मङ्सिर ३

१९. ‘सपना कतिपय’ नामक कथाकृतिका सर्जक को हुनुहन्छ?

  • कुमार काफ्ले (विपना कतिपय कृतिका सर्जक इन्द्रबहादुर राई)

२०. प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ?

  • पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली

२१. सरकारको मुख्य कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधिवक्ता पदमा कसलाई नियुक्त गरियो ?

  • डा. नारायणदत्त कँडल
  • नियुक्त मिति : विसं २०८२ चैत २२
  • प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त।
  • प्रथम महान्यायाधिवक्ता : कालीप्रसाद उपाध्याय (विसं २००८ पुस ८)
  • पहिलो महिला महान्यायाधिवक्ता : सविता भण्डारी बराल (विसं २०८२ भदौ २९)
image 9 Pampas Aspirant - पम्पाज परीक्षार्थी

प्रस्तुतकर्ता : टड्क केसी