मधेश प्रदेश बारेमा जानकारी !!

pampas_aspirant
387 views
मधेश प्रदेश बारेमा जानकारी !!

मधेश प्रदेश बारेमा जानकारी !!

मधेस प्रदेश

man Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • ​कुल क्षेत्रफल : ९,६६१ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको ६.५७ प्रतिशत)
  • क्षेत्रफलको आधारमा मधेस प्रदेश नेपालको सबैभन्दा सानो प्रदेश हो।
  • ​जनसङ्ख्याको आधारमा मधेस प्रदेश दोस्रो सबैभन्दा ठूलो प्रदेश हो।
  • ​जनसङ्ख्याको आधारमा सबैभन्दा ठूलो जिल्ला : धनुषा (९,२७,३४७ जना)
  • ​जनसङ्ख्याको आधारमा मधेस प्रदेशको सबैभन्दा सानो जिल्ला : पर्सा (६,५४,४७१ जना)
  • ​राष्ट्रिय जनगणना, २०७८ अनुसार मधेस प्रदेशको जनसङ्ख्या : ६१,१४,६०० (पुरुष ३०,६५,७५१ र महिला ३०,४८,८४९)
  • ​मधेस प्रदेशको जनघनत्व : ६३३ प्रतिवर्ग कि.मि., लैङ्गिक अनुपात : १००.५५, जनसङ्ख्या वृद्धिदर : १.१९
  • ​मधेस प्रदेशको सबैभन्दा ठूलो जिल्ला : सप्तरी (१,३६३ व.कि.मि.)
  • ​मधेस प्रदेशको सबैभन्दा सानो जिल्ला : महोत्तरी (१,००२ व.कि.मि.)
  • ​अक्षांश : २६ डिग्री ३ मिनेट देखि २७ डिग्री ७ मिनेट उत्तरी अक्षांश
  • ​देशान्तर : ८४ डिग्री १ मिनेट देखि ८७ डिग्री १ मिनेट पूर्वी देशान्तर
  • ​मधेस प्रदेशको स्थायी राजधानी : जनकपुर (धनुषा)
  • ​सिमाना : पूर्वतर्फ कोशी प्रदेश, दक्षिणतर्फ भारतको बिहार, उत्तरतर्फ कोशी प्रदेश र बागमती प्रदेश र पश्चिमतर्फ बागमती प्रदेश
  • ​पहिलो मुख्य मन्त्री : लालबाबु राउत
  • ​होचो भू-भाग : धनुषाको मुसहरनिया (५९ मि.)
  • ​जिल्लाहरू : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा
  • ​नेपालको सबैभन्दा कम जिल्ला भएको प्रदेश (८ जिल्ला)
  • ​मधेस प्रदेशमा एउटा महानगरपालिका, ३ वटा उपमहानगरपालिका, ७३ वटा नगरपालिका र ५९ वटा गाउँपालिकासहित १३६ वटा स्थानीय तहहरू तथा १२७१ वडा
  • ​कृषि उत्पादनको दृष्टिले मधेस प्रदेश नेपालको दोस्रो स्थानमा पर्दछ।
  • ​संरक्षित क्षेत्रहरू : चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज
  • ​नेपालको प्रवेशद्वारा भनेर बिरगञ्जलाई चिनिन्छ।
  • ​सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला : सर्लाही (२० वटा)
  • ​सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला : रौतहट (१६ वटा)
  • ​सबैभन्दा कम गाउँपालिका भएको जिल्ला : रौतहट (२ वटा)
  • ​२ वटा उपमहानगरपालिका भएको जिल्ला : बारा
  • ​सबैभन्दा सानो स्थानीय तह : परवानिपुर गाउँपालिका (बारा)
  • ​सबैभन्दा ठूलो स्थानीय तह : बर्दिवास नगरपालिका (महोत्तरी)
  • ​प्रमुख धार्मिक स्थलहरू : कङ्कालिनी मन्दिर (सप्तरी), छिन्नमस्ता मन्दिर (सप्तरी), सहलेस फूलबारी (सिरहा), जनकपुरधाम (धनुषा), गढीमाइ (बारा)
  • ​मधेस प्रदेशमा सबैभन्दा थोरै जनसङ्ख्या भएको जाति : कर्मारोड, ल्होमी र दुरा (११/११ जना)
  • ​मधेस प्रदेशमा सबैभन्दा कम जनसङ्ख्याले बोल्ने भाषा : खालिङ (१० जना), अछामी (११ जना), अन्गीका (१२ जना)
  • ​क्षेत्रफलको आधारमा नेपालको सानो प्रदेश मधेस प्रदेश हो।
  • ​यस प्रदेशको स्थायी राजधानी जनकपुर (धनुषा) हो। जुन २०७८/१०/३ मा घोषणा भएको थियो भने मधेस प्रदेशको नामाकरण पनि २०७८/१०/३ मा भएको हो।
  • ​मधेस प्रदेशमा ८ ओटा जिल्लाहरु रहेको छन्।
  • ​८ जिल्लाहरु: पर्सा, रौतहट, बारा, सप्तरी, सिरहा, सर्लाही, धनुषा र महोत्तरी
  • ​सबैभन्दा कम जिल्ला रहेको प्रदेश पनि मधेस प्रदेश नै हो।
  • ​नेपालको प्रवेशद्वारा भनेर पर्साको विरगञ्जलाई चिनिन्छ।
  • ​विश्वविद्यालयहरु: मधेस विश्वविद्यालय (पर्सा) र राजर्षी जनक विश्वविद्यालय (धनुषा) र मधेस कृषि विश्वविद्यालय (सप्तरी) रहेको छ।
  • ​मधेस प्रदेशको जनघनत्व : ६३३ प्रतिवर्ग कि.मी
    • ​बढी जनघनत्व भएको जिल्ला: धनुषा (७३५ जना प्रति वर्ग.मी.)
    • ​कम जनघनत्व भएको जिल्ला: पर्सा (४८४ जना प्रति वर्ग.मी.)
  • ​लैङ्गिक अनुपात: १००.५५
  • ​अन्य लिङ्गीको वृद्धिदर: २४.९ प्रतिशत
  • ​वार्षिक जनसङ्ख्या वृद्धिदर: १.१९ प्रतिशतमा सबैभन्दा बढी रौतहट (१.६३ प्रतिशत) र कम पर्सा (०.८२) रहेको छ।
  • ​मधेस प्रदेशमा ११,५६,७१५ परिवार संख्या रहेको छ।
  • ​मधेस प्रदेशको दीर्घकालिन सोच: आत्मनिर्भर र समृद्ध मधेस, खुसी मधेसी रहेको छ।


जिल्लागत स्थानीय तह (सप्तरी र सिरहा)

  • ​स्थानीय तह संख्या: १३६

. सप्तरी जिल्ला (क्षेत्रफल- १३६३ व.कि.मि.): नगरपालिका ९ र गाउँपालिका ९ गरी जम्मा १८ स्थानीय तह। सदरमुकाम राजविराज। ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा निर्वाचन क्षेत्र।

Advertisement
saptari Pampas Aspirant - पम्पाज परीक्षार्थी
  1. ​राजविराज नगरपालिका (१५ वडा)
  2. ​कञ्चनरुप नगरपालिका (१२ वडा)
  3. ​डाक्नेश्वरी नगरपालिका (१० वडा)
  4. ​बोदेबरसाइन नगरपालिका (१० वडा)
  5. ​खडक नगरपालिका (११ वडा)
  6. ​शम्भुनाथ नगरपालिका (१२ वडा)
  7. ​सुरुङ्गा नगरपालिका (११ वडा)
  8. ​हनुमाननगर कंकालिनी नगरपालिका (१४ वडा)
  9. ​सप्तकोशी नगरपालिका (११ वडा)
  10. ​अग्नीसाइर कृष्णासवरन गाउँपालिका (६ वडा)
  11. ​छिन्नमस्ता गाउँपालिका (७ वडा)
  12. ​महादेवा गाउँपालिका (६ वडा)
  13. ​तिरहुत गाउँपालिका (५ वडा)
  14. ​तिलाठी-कोइलाडी गाउँपालिका (८ वडा)
  15. ​रुपनी गाउँपालिका (६ वडा)
  16. ​राजगढ गाउँपालिका (६ वडा)
  17. ​विष्णुपुर गाउँपालिका (७ वडा)
  18. ​बलान बिहुल गाउँपालिका (६ वडा)

. सिरहा जिल्ला (क्षेत्रफल: ११८६ व.कि.मि.): नगरपालिका ८ र गाउँपालिका ९ गरी जम्मा १७ स्थानीय तह। सदरमुकाम सिरहा। ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा निर्वाचन क्षेत्र।

siraha 1 Pampas Aspirant - पम्पाज परीक्षार्थी
  1. ​लहान नगरपालिका (२४ वडा)
  2. ​धनगढी माई नगरपालिका (१४ वडा)
  3. ​सिरहा नगरपालिका (२२ वडा)
  4. ​गोलबजार नगरपालिका (१३ वडा)
  5. ​मिर्चैया नगरपालिका (१२ वडा)
  6. ​कल्याणपुर नगरपालिका (१२ वडा)

7. सुखीपुर नगरपालिका (१० वडा)

8. कर्जन्हा नगरपालिका (११ वडा)

9. भगवानपुर गाउँपालिका (५ वडा)

10. औरही गाउँपालिका (५ वडा )

11. विष्णुपुर गाउँपालिका (५ वडा )

12. वरियारपट्टी गाउँपालिका (५ वडा )

13. लक्ष्मीपुर पतारी गाउँपालिका (६ वडा )

14. नरहा गाउँपालिका (५ वडा )

15. सखुवानान्करकट्टी गाउँपालिका (५ वडा )

16. अर्नाम गाउँपालिका (५ वडा )

17. नवराजपुर गाउँपालिका ( ५ वडा )

. धनुषा जिल्ला (क्षेत्रफल- ११८० व.कि.मि.): उपमहानगरपालिका १, नगरपालिका ११ र गाउँपालिका ६ गरी जम्मा १८ स्थानीय तह। सदरमुकाम जनकपुरधाम। ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा निर्वाचन क्षेत्र।

Dhanusha Pampas Aspirant - पम्पाज परीक्षार्थी
  1. ​जनकपुरधाम उपमहानगरपालिका (२५ वडा)
  2. ​छिरेश्वरनाथ नगरपालिका (१० वडा)
  3. ​गणेशमान-चारनाथ नगरपालिका (११ वडा)
  4. ​धनुषाधाम नगरपालिका (९ वडा)
  5. ​नगराइन नगरपालिका (९ वडा)
  6. ​विदेह नगरपालिका (९ वडा)
  7. ​मिथिला नगरपालिका (११ वडा)
  8. ​मिथिला विहारी नगरपालिका (१० वडा)
  9. ​शहीदनगर नगरपालिका (९ वडा)
  10. ​सब्रैला नगरपालिका (१३ वडा)
  11. ​कमला नगरपालिका (९ वडा)
  12. ​हंसपुर नगरपालिका (९ वडा)
  13. ​औरही गाउँपालिका (६ वडा)
  14. ​जनक नन्दिनी गाउँपालिका (६ वडा)
  15. ​बटेश्वर गाउँपालिका (५ वडा)
  16. ​मुखियापट्टी गाउँपालिका (६ वडा)
  17. ​लक्ष्मीनिया गाउँपालिका (७ वडा)
  18. ​धनौजी गाउँपालिका (५ वडा)

. महोत्तरी जिल्ला (क्षेत्रफल- १००२ व.कि.मि.): नगरपालिका १० र गाउँपालिका ५ गरी जम्मा १५ स्थानीय तह। सदरमुकाम जलेश्वर। ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा निर्वाचन क्षेत्र।

Mahotari Pampas Aspirant - पम्पाज परीक्षार्थी
  1. ​जलेश्वर नगरपालिका (१२ वडा)
  2. ​बर्दिवास नगरपालिका (१४ वडा)
  3. ​गौशाला नगरपालिका (१२ वडा)
  4. ​लोहरपट्टी नगरपालिका (९ वडा)
  5. ​रामगोपालपुर नगरपालिका (९ वडा)
  6. मनरा शिसवा नगरपालिका (१० वडा)
  7. मटिहानी नगरपालिका (९ वडा)
  8. भँगाहा नगरपालिका (९ वडा)
  9. ​बलवा नगरपालिका (११ वडा)
  10. ​औरही नगरपालिका (९ वडा)
  11. ​एकडाडा गाउँपालिका (६ वडा)
  12. ​सोनमा नगरपालिका (८ वडा)
  13. ​साम्सी गाउँपालिका (७ वडा)
  14. महोत्तरी गाउँपालिका (६ वडा)
  15. पिपरा गाउँपालिका (७ वडा)

. सर्लाही जिल्ला (क्षेत्रफल- १२५९ व.कि.मि.): नगरपालिका ११ र गाउँपालिका ९ गरी जम्मा २० स्थानीय तह। सदरमुकाम मलङ्गवा। ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा निर्वाचन क्षेत्र।

sarlahi Pampas Aspirant - पम्पाज परीक्षार्थी
  1. ​ईश्वरपुर नगरपालिका (१५ वडा)
  2. ​मलङ्गवा नगरपालिका (१२ वडा)
  3. ​लालबन्दी नगरपालिका (१७ वडा)
  4. ​हरिपुर नगरपालिका (९ वडा)
  5. ​हरिपूर्वा नगरपालिका (९ वडा)
  6. ​हरिवन नगरपालिका (९ वडा)
  7. ​बरहथवा नगरपालिका (१८ वडा)
  8. ​बलरा नगरपालिका (११ वडा)
  9. ​गोडैटा नगरपालिका (१२ वडा)
  10. ​बागमती नगरपालिका (१२ वडा)
  11. ​काविलासी गाउँपालिका (१० वडा)
  12. ​चक्रघट्टा गाउँपालिका (९ वडा)
  13. ​चन्द्रनगर गाउँपालिका (७ वडा)
  14. ​धनकौल गाउँपालिका (७ वडा)
  15. ​ब्रह्मपुरी गाउँपालिका (७ वडा)
  16. ​रामनगर गाउँपालिका (७ वडा)
  17. ​विष्णु गाउँपालिका (८ वडा)
  18. ​बसबरिया गाउँपालिका (६ वडा)
  19. ​कौडेना गाउँपालिका (७ वडा)
  20. ​पर्सा गाउँपालिका (६ वडा)

. रौतहट जिल्ला (क्षेत्रफल- ११२६ व.कि.मि.): नगरपालिका १६ र गाउँपालिका २ गरी जम्मा १८ स्थानीय तह। सदरमुकाम गौर। ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा निर्वाचन क्षेत्र।

rauthat Pampas Aspirant - पम्पाज परीक्षार्थी
  1. ​चन्द्रपुर नगरपालिका (१० वडा)
  2. ​गरुडा नगरपालिका (९ वडा)
  3. ​गौर नगरपालिका (९ वडा)
  4. ​बौधीमाई नगरपालिका (९ वडा)
  5. ​वृन्दावन नगरपालिका (९ वडा)
  6. ​देवाही गोनाही नगरपालिका (९ वडा)
  7. गढीमाई नगरपालिका (९ वडा)
  8. गुजरा नगरपालिका (९ वडा)
  9. कटहरिया नगरपालिका (९ वडा)
  10. ​माधव नारायण नगरपालिका (९ वडा)
  11. ​फतुवा जिवयपुर नगरपालिका (१० वडा)
  12. ​ईशनाथ नगरपालिका (९ वडा)
  13. ​परोहा नगरपालिका (९ वडा)
  14. ​राजपुर नगरपालिका (९ वडा)
  15. ​राजदेवी नगरपालिका (९ वडा)
  16. मौलापुर नगरपालिका (९ वडा)
  17. दुर्गाभगवती गाउँपालिका (५ वडा)
  18. यमुनामाई गाउँपालिका (५ वडा)

. बारा जिल्ला (क्षेत्रफल- ११९० व.कि.मि.): उपमहानगरपालिका २, नगरपालिका ५ र गाउँपालिका ९ गरी जम्मा १६ स्थानीय तह। सदरमुकाम कलैया। ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा निर्वाचन क्षेत्र।

bara Pampas Aspirant - पम्पाज परीक्षार्थी
  1. ​कलैया उपमहानगरपालिका (२७ वडा)
  2. ​जीतपुर-सिमरा उपमहानगरपालिका (२४ वडा)
  3. ​कोल्हवी नगरपालिका (११ वडा)
  4. ​निजगढ नगरपालिका (१३ वडा)
  5. ​महागढीमाई नगरपालिका (११ वडा)
  6. ​सिम्रौनगढ नगरपालिका (११ वडा)
  7. ​पचतौरा नगरपालिका (९ वडा)
  8. ​आदर्शकोतवाल गाउँपालिका (९ वडा)
  9. ​करैयामाई गाउँपालिका (८ वडा)
  10. ​देवताल गाउँपालिका (७ वडा)
  11. ​परवानीपुर गाउँपालिका (५ वडा)
  12. ​प्रसौनी गाउँपालिका (७ वडा)
  13. ​फेटा गाउँपालिका (७ वडा)
  14. ​बारागढी गाउँपालिका (६ वडा)
  15. ​सुवर्ण गाउँपालिका (८ वडा)
  16. ​विश्रामपुर गाउँपालिका (५ वडा)

. पर्सा जिल्ला (क्षेत्रफल- १३५३ व.कि.मि.): महानगरपालिका १, नगरपालिका ३ र गाउँपालिका १० गरी जम्मा १४ स्थानीय तह। सदरमुकाम वीरगंज। ४ प्रतिनिधि सभा र ८ प्रदेश सभा निर्वाचन क्षेत्र।

parsa Pampas Aspirant - पम्पाज परीक्षार्थी
  1. ​वीरगञ्ज महानगरपालिका (३२ वडा)
  2. ​पोखरिया नगरपालिका (१० वडा)
  3. ​पर्सा गढी नगरपालिका (९ वडा)
  4. ​बहुदरमाई नगरपालिका (९ वडा)
  5. ​जगरनाथपुर गाउँपालिका (६ वडा)
  6. ​धोबिनी गाउँपालिका (५ वडा)
  7. ​छिपहरमाई गाउँपालिका (५ वडा)
  8. ​पकाहा मैनपुर गाउँपालिका (५ वडा)
  9. ​बिन्दवासिनी गाउँपालिका (५ वडा)
  10. ​सखुवा प्रसौनी गाउँपालिका (६ वडा)
  11. ​पटेवा सुगौली गाउँपालिका (५ वडा)
  12. ​कालिकामाई गाउँपालिका (५ वडा)
  13. ​ठोरी गाउँपालिका (५ वडा)
  14. ​जिराभवानी गाउँपालिका (५ वडा


जिल्लागत रुपमा स्थानीय तहको विवरण

क्र.सं.जिल्लान.पा.गा.पा.उप.म.न.पा.म.न.पा.स्थानिय तह संख्यावडा संख्या
.बारा१६१६७
.सिराहा१७१६४
.रौतहट१६१८१५७
.महोत्तरी१०१५१३८
.पर्सा१०१४११२
.धनुषा१११८१६९
.सर्लाही११२०२००
.सप्तरी१८१६४
जम्मा:७३५९१३६१२७१
  • ​मधेस प्रदेशमा ३ वटा उपमहानगरपालिका, १ वटा महानगरपालिका, ७३ वटा नगरपालिका, ५९ वटा गाउँपालिका, १३६ स्थानीय तह र १२७१ वटा वडाहरु रहेका छन्।
  • ३ वटा उपमहानगरपालिका: (जितपुर सिमरा, कलैया र जनकपुर)
  • १ वटा महानगरपालिका: विरगञ्ज महानगरपालिका (पर्सा)
  • धेरै स्थानीय तह भएको जिल्ला: सर्लाही (२० वटा)
  • धेरै गाउँपालिका भएको जिल्ला: पर्सा (१० वटा)
  • धेरै नगरपालिका भएको जिल्ला: रौतहट (१६ वटा)
  • कम गाउँपालिका भएको जिल्ला: रौतहट (२ वटा)
  • कम नगरपालिका भएको जिल्ला: पर्सा (३ वटा)
  • सबैभन्दा सानो स्थानीय तह: परवानिपुर गाउँपालिका (बारा)
  • सबैभन्दा ठुलो स्थानीय तह: बर्दिवास नगरपालिका (महोत्तरी)
  • यस प्रदेशमा प्रमुख राजमार्ग हुलाकी राजमार्ग हो।
  • मधेस प्रदेशको प्रदेश सभा (प्रत्यक्ष) क्षेत्र: ६४ र समानुपातिक ४३ गरेर जम्मा १०७ निर्वाचन क्षेत्र
  • मधेस प्रदेशको प्रतिनिधि सभा क्षेत्र संख्या: ३२
  • मधेस प्रदेशको कुल गार्हस्थ उत्पादन रु. ८ खर्ब ०४ अर्ब रहेको छ।
  • मधेस प्रदेशले देशको कुल GDP मा १३.१६ प्रतिशत योगदान गरेको छ।
  • मधेस प्रदेशको प्रतिव्यक्ति आय ९३२ अमेरिकी डलर रहेको छ।
  • मधेस प्रदेशको आर्थिक वृद्धिदर ४.५० प्रतिशत रहने अनुमान रहेको छ।
  • प्रदेशगत GDP मा कृषिको योगदान: ३६.७ प्रतिशत
  • प्रदेशगत GDP मा उत्पादनमूलक उद्योगको योगदान: १०.७ प्रतिशत
  • प्रदेशगत GDP मा अन्य सेवाका क्षेत्रमा योगदान: ५२.६ प्रतिशत

मधेस प्रदेशको ८ जिल्लाहरुका विशेषताहरु

जिल्लासदरमुकामप्रमुख विशेषताधार्मिक तथा पर्यटकीय स्थलथप जानकारी
धनुषाजनकपुरजनकपुर-जयनगर रेल्वेजानकी मन्दिर, धनुषाधामनेपालको सबैभन्दा होचो भू-भाग मुसहरनिया (५९ मि.)
सिराहासिराहासहलेस दरवारसारस्वरनाथ मन्दिर, पत्तार पोखरीसहलेस क्षेत्रमा वैशाख १ गते मात्र फुल्ने फूल
पर्सावीरगञ्जमहेन्द्र राजमार्गले नछोएको तराईको जिल्लाराधेमाइ मन्दिर, रानीगञ्ज दरवारचराको चुच्चो आकारको जिल्ला, नेपालको प्रवेशद्वार
महोत्तरीजलेश्वरमधेश प्रदेशको सानो जिल्लाजलेश्वरनाथ, टुटेश्वर महादेवनेपालको सबैभन्दा होचो सदरमुकाम (जलेश्वर)
सप्तरीराजविराजगोवरगाढा टापु भएको जिल्लाछिन्नमस्ता भगवती, कंकालिनीपेडाको लागि प्रसिद्ध (बरमझिया), चन्द्रनहर भएको
सर्लाहीमलंगवासबैभन्दा बढी स्थानीय तह (२०)रजवा शिवालय, नाडि तालगोलभेडा खेतीका लागि प्रख्यात
रौतहटगौरसबैभन्दा धेरै मुसलमान जनसङ्ख्यावाणेश्वर मन्दिर, मरधर तालएक जिल्ला एक उत्पादनमा माछाका लागि प्रसिद्ध
बाराकलैयागढिमाई मन्दिरकंकालिनीमाई, कामिनी दहसिम्रौनगढ (डोय राज्यको राजधानी)


विमानस्थल

  • ​सिमरा विमानस्थल : बारा
  • ​जनकपुर विमानस्थल : धनुषा
  • ​राजविराज विमानस्थल : सप्तरी
  • ​निजगढ विमानस्थल : बारा

राष्ट्रिय निकुञ्ज २ वटा

  • चितवन राष्ट्रिय निकुञ्ज: चितवन राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०३० सालमा भएको हो। चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज पनि हो। यो निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग कि.मी रहेको छ। यो निकुञ्ज मकवानपुर, चितवन, पर्सा र नवलपुर (नवलपरासी पूर्व) जिल्लामा रहेको छ। वि.सं. २०३०/०६/०४ गते राजपत्रमा प्रकाशन, २०७३/०७/०१ मा पुनः प्रकाशन भइ क्षेत्रफल ९५२.६३ वर्ग कि.मि. कायम भएको थियो। यस निकुञ्जमा एकसिङ्गे गैंडा, पाटे बाघ, चितुवा, घडियाल गोही जस्ता अन्य धेरै जीवजन्तुहरु पाइन्छन्।
  • पर्सा राष्ट्रिय निकुञ्ज: पर्सा राष्ट्रिय निकुञ्जको स्थापना वि.सं. २०४० सालमा भएको हो। यस निकुञ्जको क्षेत्रफल ६२७.३७ वर्ग कि.मि रहेको छ। पर्सा राष्ट्रिय निकुञ्ज मकवानपुर, चितवन, पर्सा जिल्लामा पर्छ। वि.सं. २०४१/०२/०८ गतेको राजपत्र अनुसार पर्सा वन्यजन्तु आरक्षको रूपमा घोषणा भएको हो। वि.सं. २०७४/०२/१९ मा राष्ट्रिय निकुञ्जको रूपमा स्थापित भएको हो।

वन क्षेत्र (मधेस प्रदेश आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार वनसम्बन्धी विवरण)

  • ​मधेस प्रदेशमा वनले ढाकेको क्षेत्रफल २३७६३६ हेक्टर रहेको छ भने अन्य काठ तथा बुट्यानले ढाकेको क्षेत्रफल ११६२४ हेक्टर रहेको छ।
  • ​देशको कुल वन बुट्यानले ढाकेको क्षेत्रको आधारमा मधेस प्रदेशमा ३.७२ प्रतिशत वन बुट्यानको क्षेत्रफल रहेको छ।
  • ​मधेस प्रदेशको भूगोलको २५.८० प्रतिशत वनले ढाकेको क्षेत्र रहेको छ।
  • ​मधेस प्रदेशका १३६ पालिका मध्ये ४७ वटा पालिकाहरुमा मात्र वन क्षेत्र रहेको छ। वन विहिन पालिका संख्या ८९ वटा रहेका छन्।
  • ​मधेस प्रदेशमा रहेको सामुदायिक वन, साझेदारी वन, कबुलियती वन, धार्मिक वन, चक्ला वन, वन संरक्षण क्षेत्र, वन अतिक्रमण क्षेत्र, निजी वन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्र र सार्वजनिक कृषि वन गरी १७४३ वटा रहेका छन् भने सो क्षेत्रले ३ लाख ६७ हजार ४ सय ५५ हेक्टर क्षेत्रफल समेटेको छ।

दोस्रो आवधिक योजना मधेश प्रदेश (२०८१/८२ – २०८५/८६):-

 * निर्माण: मधेश नीति योजना आयोग

 * परिच्छेद: १० वटा

 * अनुसूची: २ वटा

* दीर्घकालिन सोच: “आत्मनिर्भर र समृद्ध मधेश र सुखी मधेशी”

* लक्ष्य: “कृषिमा सबलीकरण, उच्च मानव विकास सूचकांकको प्राप्ति र सम्मानजनक रोजगारीमार्फत समृद्धि हासिल गर्ने”

 * संरचनात्मक रूपान्तरणका क्षेत्र तथा रणनीति: ११ वटा

 * समष्टिगत रणनीति: ४ वटा

* उद्देश्य: ४ वटा

 * कृषि उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भरता हासिल गर्नु।

 * गुणस्तरीय स्वास्थ्य र शिक्षाको विकास गर्दै रोजगारीको अवसर तथा सामाजिक न्याय कायम गर्नु।

 * उद्योग, पर्यटन र बजार प्रवर्द्धन गर्नु।

 * विकास र वातावरण बिच सन्तुलन कायम गर्दै वन, वातावरण, जलाधार र जैविक विविधताको संरक्षण एवं संवर्द्धन गर्नु।

 परिणामक लक्ष्य (२०८५/८६) सम्म:

 * सुशासनसँग सम्बन्धित सूचक: ५ वटा

 * समृद्धि र सामाजिक न्याय: ४२ वटा

   जम्मा: ४७ वटा

 सुशासनसँग सम्बन्धित लक्ष्य (२०८५/८६):

 * जन्मदर्ता भएका ५ वर्ष मुनिका बालबालिका:- १००%

 * भ्रष्टाचार न्यूनीकरण अनुभूत (राष्ट्रिय):- ४३ सूचकांक

 * मधेश प्रदेश भित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेश सरकार विरुद्ध उजुरी दर्ता:- ५%

 * ” स्थानीय तह विरुद्ध उजुरी दर्ता:- ५०%

 * ” नेपाल सरकार विरुद्ध उजुरी दर्ता:- २५%

समृद्धि र सामाजिक न्यायका लक्ष्य (२०८५/८६) — (हाल)

 * मधेश आर्थिक वृद्धिदर:- ७.५%

 * निरपेक्ष गरिबी दर:- १५% (हाल १७.५%)

 * प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन:- ११४४ $ (८९१ $)

 * मानव विकास सूचकांक:- ०.५६० मानक

 * आयमा असमानता सूचकांक:- २०.५ मानक

 * कुपोषण दर:- ५%

 * शिशु मृत्युदर:- २५ जना प्रति हजार

 * पूर्ण खोप Coverage:- ९५%

 * दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने:- ९५%

 * मातृ मृत्युदर:- १०० जना प्रति लाख

 * अपेक्षित आयु:- ७३ वर्ष

 * ५ वर्ष भन्दा माथिको साक्षरता:- ८०%

 * आधारभूत (१-८) खुद भर्ना दर:- ९७%

 * माध्यमिक (९-१२) ” ” :- ६०%

 * बेरोजगारी दर -> ५%

 * कुल कृषियोग्य भूमि मध्ये सिचाई सुविधा पुगेको:- ६०%

 * विद्युत सुविधा पुगेको घर परिवार:- ९९.५%

 * लैङ्गिक विकास सूचकांक:- ०.९६७%

 * Internet पहुँच पुगेको:- ४५%

 * सडक लम्बाई:- ७००० km

 * कुल गार्हस्थ्य उत्पादन:- १०१४ अर्ब

 * राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशको योगदान:- १३%

 * प्रदेश ” ” ” प्राथमिक क्षेत्रको योगदान:- ३२%

 * ” ” ” ” द्वितीय क्षेत्रको ” :- १३.१%

 * ” ” ” ” गैरकृषि क्षेत्रको ” :- ६८.२%

 शिक्षा तथा विज्ञान प्रविधि तर्फ (सामाजिक क्षेत्र)

 * सोच: “शिक्षित, सुसंस्कृत र आत्मनिर्भर जनशक्ति: मधेश प्रदेशको समृद्धि”

 * लक्ष्य: “सिपयुक्त र दक्ष शैक्षिक जनशक्ति उत्पादन गर्ने”

उद्देश्य:

 * विद्यालय तथा उच्च शिक्षाको गुणस्तर र पहुँच वृद्धि गर्न।

 * उच्च शिक्षालाई अनुसन्धानमूलक र रोजगारमूलक बनाउन।

 * प्राविधिक शिक्षा र व्यावसायिक तालिमहरूको अवसर र गुणस्तर वृद्धि गर्नु।

 * रणनीति: १० वटा

 * कार्यनीति: ५१ वटा

रणनीतिहरू: १० वटा

 * विश्वविद्यालयहरूलाई अनुसन्धानमूलक संस्थाका रूपमा विकास गर्ने।

 * शैक्षिक संस्थाहरूका गतिविधिहरूको अनुगमन र मूल्याङ्कन थप प्रभावकारी बनाउने।

 * प्राविधिक शिक्षा र व्यावसायिक तालिमलाई थप व्यवस्थित गर्ने र आवश्यकताका आधारमा विस्तारित गर्ने।

 * माध्यमिक तहमा अध्ययनरत सबै विद्यार्थीहरूलाई जीवन उपयोगी र आयआर्जन सम्बन्धी ज्ञान र सिप प्रदान गर्ने।

 * दक्ष एवम् योग्य शिक्षक र प्रशिक्षकको व्यवस्था गर्ने।

 * पठनपाठनमा आधुनिक प्रविधिको प्रयोगलाई वृद्धि र थप प्रभावकारी बनाउँदै लैजाने।

 * विपन्न र पिछडिएका वर्गका बालबालिकाहरूका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने।

 * विद्यालय शिक्षालाई बालमैत्री, लैङ्गिकमैत्री, अपाङ्गमैत्री र समावेशी बनाउने।

 * संघीय तथा स्थानीय तहसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने।

 * विभिन्न कारणले विद्यालय बाहिर रहेका र विद्यालय छोड्ने बालबालिकालाई विद्यालयमा ल्याउने वातावरण मिलाइनेछ।

मधेश प्रदेशको शैक्षिक तथ्याङ्क:-

1. साक्षरता (जनगणना २०७८):

 * कुल साक्षरता:- ६३.५%

 * पुरुष साक्षरता:- ७२.५%

 * महिला साक्षरता:- ५४.७%

   * सबैभन्दा बढी साक्षर जिल्ला:- पर्सा (७६.९%)

   * सबैभन्दा कम साक्षर जिल्ला:- रौतहट (५७.७५%)

# कुल विद्यालय संख्या:- ४६६९ [शै.स. २०८१ – ४९१३]

 * जसमा संस्थागत विद्यालय:- ७५४ वटा

 * सामुदायिक सिकाइ केन्द्र:- २७५ वटा

 * प्राविधिक धारतर्फ सामुदायिक विद्यालय:- ९१ वटा

 * क्याम्पसहरू:- १२३ वटा

 * नारा: “बेटी पढाउ, बेटी बचाउ”

 * कार्यक्रम: पढ्दै, सिक्दै, कमाउँदै

PDF को लागी दिइएको Link मा जानुहोला । Link :- https://drive.google.com/file/d/1lIm3tmsu6BxXXfdo48zvwQOGIbIikkc6/view?usp=sharing