कोशी प्रदेश विशेष नोट (Koshi Province Notes for Loksewa | Complete GK in Nepali)

pampas_aspirant_BikalStha
391 views
कोशी प्रदेश विशेष नोट (Koshi Province Notes for Loksewa | Complete GK in Nepali)

कोशी प्रदेश विशेष नोट

१. कोशी प्रदेश (Koshi Province)

Koshi Province Nepal Pampas Aspirant - पम्पाज परीक्षार्थी
  • क्षेत्रफल: २५,९०५ (१७.५%) वर्ग कि.मि.
  • जनसंख्या: ४९,६१,४१२ (१७.०१%)
  • स्थायी राजधानी: विराटनगर, मोरङ
  • राजधानी घोषणा वि.सं.: २०७६ वैशाख २३
  • प्रदेशको नामाकरण वि.सं.: २०७९ फागुन १७
  • सबैभन्दा धेरै स्थानीय तह, जिल्ला तथा गाउँपालिका भएको प्रदेश ।
  • सबैभन्दा अन्तिम पटक नामाकरण गरिएको प्रदेश ।

सूत्र (ओइ सुन ताते भो मुसो धपाउ साँझखो)

ओखलढुंगासोसोलुखुम्बु
इलामधनकुटा
सुनसुनसरीपापाँचथर
ताताप्लेजुङउदयपुर
तेतेह्रथुमसंखुवासभा
भोभोजपुरझापा
मोमोरङखोखोटाङ

Advertisement

जिल्ला सम्बन्धि विवरण:

  • सबैभन्दा ठूलो जिल्ला: ताप्लेजुङ (३,६४६ वर्ग कि.मि.)
  • सबैभन्दा सानो जिल्ला: तेह्रथुम (६७९ वर्ग कि.मि.)
  • जनसंख्यामा ठूलो जिल्ला: मोरङ
  • जनसंख्यामा सानो जिल्ला: तेह्रथुम

स्थानीय तह र अन्य संख्या:

  • स्थानीय तह: १३७
  • गाउँपालिका: ८८
  • नगरपालिका: ४६
  • उपमहानगरपालिका: २ (इटहरी उ.म.न.पा., धरान उ.म.न.पा.)
  • महानगरपालिका: १ (विराटनगर म.न.पा.)
  • प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र: २८
  • प्रदेश सभातर्फ निर्वाचन क्षेत्र: ५६

कोशी प्रदेशको सिमाना:

  • ​उत्तरमा:- चीनको स्वशासित क्षेत्र तिब्बत
    • ​दक्षिणमा:- भारतको विहार राज्य
    • ​पूर्वमा:- भारतको पश्चिम बंगाल र सिक्किम राज्य
    • ​पश्चिममा:- बागमती र मधेश प्रदेश
  • अक्षांश:- २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि २८ डिग्री ६ मिनेट उत्तरी अक्षांश
  • देशान्तर:- ८६ डिग्री ९ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर
  • होचो भाग:- केचना-कवल (झापा) ५८ मिटर
  • उच्च भाग:- सर्वोच्च शिखर सगरमाथा ८८४८.८६ मिटर
  • कुल क्षेत्रफल:- २५,९०५ वर्ग किलोमिटर (नेपालको क्षेत्रफलको १७.६ प्रतिशत)
    • ​हिमाली क्षेत्र:- ४०.२९ प्रतिशत
    • ​पहाडी क्षेत्र:- ३३.५३ प्रतिशत
    • ​भित्री मधेश:- ७.९६ प्रतिशत
    • ​तराई क्षेत्र:- १८.२१ प्रतिशत
  • कोशी प्रदेशमा १४ जिल्ला रहेका छन्। जिल्ला सम्बन्धी अन्य जानकारी:
    • हिमाली जिल्लाहरू:- सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ (३ वटा)
    • पहाडी जिल्लाहरू:- ओखलढुङ्गा, खोटाङ, भोजपुर, तेह्रथुम, पाँचथर, धनकुटा र इलाम (७ वटा)
    • भित्री मधेशका जिल्लाहरू:- उदयपुर (१ मात्र जिल्ला)

तराईका जिल्लाहरू:- झापा, मोरङ र सुनसरी (३ वटा)

For Post page 0001 Pampas Aspirant - पम्पाज परीक्षार्थी
For Post page 0002 Pampas Aspirant - पम्पाज परीक्षार्थी
For Post page 0003 Pampas Aspirant - पम्पाज परीक्षार्थी