कोशी प्रदेश विशेष प्रश्नोत्तर
कोशी प्रदेश विशेष QAD Session
१. कोशी प्रदेशको कुल क्षेत्रफल कति रहेको छ?
A. २२,५०५ वर्ग कि.मि. B. २५,९०५ वर्ग कि.मि.
C. २७,९०५ वर्ग कि.मि. D. २०,९०५ वर्ग कि.मि.

२. कोशी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/८२–२०८५/८६) को दीर्घकालीन सोच के हो?
A. समृद्ध प्रदेश, खुसी जनता B. स्वच्छ, सुखी र समुन्नत प्रदेश
C. कृषि र उद्योगमा आत्मनिर्भर प्रदेश D. डिजिटल कोशी, समुन्नत कोशी
३. जनगणना २०७८ अनुसार कोशी प्रदेशको कुल जनसंख्या कति रहेको छ?
A. ४९,६१,४१२ B. ५९,६१,४१२
C. ४५,६१,४१२ D. ५२,६१,४१२
४. बिमिस्टेकको प्रधान कार्यालय कुन शहरमा रहेको छ ?
A. काठमाण्डौं B. ढाका C. माले D. नयाँ दिल्ली
५. प्रसिद्ध गोक्यो ताल कुन जिल्लामा पर्दछ?
A. ताप्लेजुङ B. संखुवासभा C. सोलुखुम्बु D. ओखलढुंगा
६. कोशी प्रदेशमा कति वटा ८००० मिटरभन्दा अग्ला हिमालहरू रहेका छन्?
A. ३ वटा B. ४ वटा C. ५ वटा D. ६ वटा
७. नेपालको पहिलो महिला महान्यायाधिवक्ता को हुन्?
A. सुशीला कार्की B. सविता भण्डारी C. सपना प्रधान D. मीरा ढुंगाना
८. चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन कहिले भएको हो?
A. २०८२ पुस २७ B. २०८२ मंसिर १०
C. २०८२ माघ ५ D. २०८१ फागुन २
९. ‘Time’s Person of the Year 2025’ कसलाई घोषित गरियो?
A. Donald Trump B. The Architects of AI
C. Taylor Swift D. Volodymyr Zelenskyy
१०. कामीरिता शेर्पाले ३१औँ पटक सगरमाथाको सफल आरोहण कहिले गरेका हुन्?
A. २०८१ जेठ ९ B. २०८२ जेठ १३
C. २०८२ बैशाख ३० D. २०८१ चैत १५
११. हेमन्त ऋतुमा कुन-कुन महिना पर्दछन् ?
A. चैत्र र वैशाख B. साउन र भदौ
C. कार्तिक र मंसिर D. मंसिर र पुस
१२. जोडा मिलाउनुहोस् ।
| समूह-I | समूह-II | Code |
| a. विश्व पृथ्वी दिवस | १. जुन ५ | A. a2, b1, c4, d3 |
| b. विश्व वातावरण दिवस | २. फेब्रुअरी २ | B. a4, b1, c2, d3 |
| c. विश्व खाद्य सुरक्षा दिवस | ३. जुन ७ | C. a4, b1, c3, d2 |
| d. विश्व सिमसार दिवस | ४. अप्रिल २२ | D. a4, b4, c2, d1 |
१३. निम्न कथनहरू बारे विचार गरी सही उत्तर छनोट गर्नुहोस् ।
क. भीमसेन थापाका पालामा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको थियो ।
ख. राणा प्रधानमन्त्री विर शम्शेरका पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको थियो ।
A. क मात्र ठीक B. ख मात्र ठीक C. दुवै ठीक D. दुवै बेठिक
१४. बुद्धलाई विष्णुको कति औं अवतारको रुपमा मानिन्छ?
A. पहिलो B. पाँचौ C. सातौं D. नवौं
१५. जनगणना २०७८ अनुसार नेपालमा सबैभन्दा कम साक्षर भएका पाँच जिल्लाहरुको क्रम कुन सहि छ?
A. रौतहट, महोत्तरी, सर्लाही, हुम्ला र बारा
B. रौतहट, महोत्तरी, सर्लाही, हुम्ला र बाँके
C. रौतहट, महोत्तरी, सर्लाही, जुम्ला र बारा
D. रौतहट, सर्लाही, महोत्तरी, हुम्ला र बारा
१६. नेपालको वर्तमान संविधानमा संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूची कतिवटा रहेका छन?
A. २१ वटा B. ३५ वटा C. १५ वटा D. २५ वटा
१७. कोशी प्रदेशको सबैभन्दा अग्लो स्थान सगरमाथा (८८४८.८६ मि.) हो भने सबैभन्दा होचो स्थान कुन हो?
A. मुसहरनिया B. केचनाकवल (५८ मि.)
C. विराटनगर D. इटहरी
१८. कोशी प्रदेशको सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो?
A. झापा B. सुनसरी C. मोरङ (१७ वटा) D. इलाम
१९. कोशी प्रदेशमा कति वटा राष्ट्रिय निकुञ्जहरू रहेका छन्?
A. १ वटा B. २ वटा C. ३ वटा D. ४ वटा
२०. नेपालको इतिहासमा पहिलो पटक संसदीय निर्वाचन कहिले भएको हो?
A. वि.स. २०१५ फागुन २७ B. वि.स. २०१६ फागुन ७
C. वि.स. २०१५ फागुन १७ D. वि.स. २०१५ फागुन ७