आईसीसी पुरुष टी–२० विश्वकप २०२६: नेपालको गौरवपूर्ण यात्रा

pampas_aspirant_BikalStha
305 views
आईसीसी पुरुष टी–२० विश्वकप २०२६: नेपालको गौरवपूर्ण यात्रा

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ विश्व क्रिकेटको प्रतिष्ठित प्रतियोगिताको १०औँ संस्करण हो, जुन सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को व्यवस्थापनमा सञ्चालन हुने यस प्रतियोगितामा २० राष्ट्रबीच ५५ खेल सञ्चालन हुनेछन्। प्रतियोगिताको ढाँचा समूह चरण, सुपर–८, सेमिफाइनल र फाइनल गरी विभाजन गरिएको छ। यस संस्करणको उद्घाटन खेल पाकिस्तान र नेदरल्याण्डबीच हुने तय गरिएको छ।

यस विश्वकपमा नेपालले तेस्रो पटक सहभागिता जनाउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपाल समूह ‘सी’ मा परेको छ, जसलाई क्रिकेट जगतमा ‘ग्रुप अफ डेथ’ भनेर चिनिन्छ। यस समूहमा नेपालसँगै बलियो टोली इङ्गल्याण्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड तथा पहिलो पटक विश्वकप खेल्न लागेको इटाली रहेका छन्। हालको टी–२० वरीयता अनुसार इङ्गल्याण्ड तेस्रो, वेस्ट इन्डिज सातौँ, स्कटल्याण्ड चौधौँ स्थानमा छन् भने नेपाल १७६ रेटिङसहित १६औँ स्थानमा रहेको छ।

Advertisement

नेपाली टोलीमा अनुभवी र प्रतिभाशाली खेलाडीहरूको समिश्रण रहेको छ। सोमपाल कामी तीन पटक टी–२० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। यस्तै, सन्दीप लामिछाने अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगहरू जस्तै आईपीएल, बीबीएल, सीपीएल, पीएसएल र बीपीएल खेल्ने पहिलो नेपाली खेलाडीका रूपमा परिचित छन्। यस संस्करणमा शेर मल्ल र बसिर अहमदले पहिलो पटक विश्वकपमा डेब्यु गर्दै नयाँ ऊर्जा थपेका छन्।

नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो, जहाँ अफगानिस्तानलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। सन् २०२४ मा दोस्रो सहभागिता जनाएपछि नेपालले सन् २०२५ मा वेस्ट इन्डिजलाई दुई पटक हराउँदै तथा स्कटल्याण्डलाई १२ वर्षपछि पराजित गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेको छ। यी उपलब्धिहरूले नेपाललाई २०२६ विश्वकपमा थप आत्मविश्वास र आशा प्रदान गरेको छ।

संस्करण: १०औँ (10th Edition)

  •  मिति: सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म
  •  आयोजक राष्ट्र: भारत र श्रीलंका (संयुक्त रूपमा)
  •  प्रशासक निकाय: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC), प्रधान कार्यालय: यूएई
  •  खेलको प्रकार: ट्वान्टी–२० अन्तर्राष्ट्रिय
  •  सहभागी टोली संख्या: २० राष्ट्र
  •  कुल खेल संख्या: ५५
  •  प्रतियोगिताको ढाँचा: समूह चरण, सुपर–८, सेमिफाइनल र फाइनल
  • पहिलो खेल: पाकिस्तान र नेदरल्याण्ड बीच
  • आगामी संस्करण (११औँ): सन् २०२८ अक्टोबरमा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने

नेपालको सहभागिता र समूह विश्लेषण (Nepal’s Participation)

  •  नेपालको सहभागिता: यो नेपालको तेस्रो पटकको विश्वकप सहभागिता हो ।
  •  नेपालको समूह: समूह ‘सी’ (Group C)
  •  समूहको उपनाम: ‘Group of Death’ भनी चिनिने
  •  समूह ‘सी’ का टोलीहरू: नेपाल, इङ्गल्याण्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र इटाली

टी-२० वरीयता (Rankings):

  • इङ्गल्याण्ड: ३
  • वेस्ट इन्डिज: ७
  • स्कटल्याण्ड: १४
  • नेपाल: १६औँ स्थान (रेटिङ १७६)
  • इटाली: २७ (पहिलो पटक विश्वकपमा सहभागी)

नेपाली खेलाडी र कीर्तिमान (Players & Records)

  •  सोमपाल कामी: तीन पटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी ।
  •  सन्दीप लामिछाने: आईपीएल (IPL) खेल्ने पहिलो नेपाली (साथै BPL, BBL, CPL, PSL को अनुभव प्राप्त) ।
  •  डेब्यु खेलाडी: शेर मल्लबसिर अहमद (पहिलो पटक विश्वकप खेल्दै) ।
  • पहिलो संस्करण: सन् २००७, दक्षिण अफ्रिकामा (विजेता: भारत)।
  •  साविक विजेता (९औँ संस्करण): भारत।
  •  विजेता इतिहास: अहिलेसम्म ६ राष्ट्रले टी-२० विश्वकप जितेका छन्।

    नेपालको विगतको प्रदर्शन:
  • २०१४ (बंगलादेश): पहिलो सहभागिता (२ खेल जितेको, अफगानिस्तानलाई हराएको)।
  • २०२४ (अमेरिका–वेस्ट इन्डिज): दोस्रो सहभागिता।
  • हालसालैको लय (२०२५): वेस्ट इन्डिजलाई २ पटक पराजित गरेको र स्कटल्याण्डलाई पराजित गर्दै १२ वर्षपछिको बदला लिएको।