“म स्टुडेन्ट हुँ!”– राज्यको गोली खाएर पनि डाक्टर बन्ने सपना नत्यागेकी एक ‘जेनजी’ {Real Aspirant}

pampas_aspirant_Admin
137 views
“म स्टुडेन्ट हुँ!”– राज्यको गोली खाएर पनि डाक्टर बन्ने सपना नत्यागेकी एक ‘जेनजी’ {Real Aspirant}

भक्तपुरकी १८ वर्षीया एकता साहको कोठामा छिर्दा लाग्छ, यो कुनै भविष्यकी अब्बल चिकित्सकको ऊर्जाशाला हो। भित्तामा गणितका सूत्र र टेबलमा विज्ञानका पुस्तक छन्, तर विडम्बना! ती पुस्तक पल्टाउने हातहरू अहिले आफ्नै खुट्टाको चोट सुम्सुम्याउन बाध्य छन्। सैनिक आवासीय महाविद्यालयबाट १२ कक्षामा ‘ए प्लस’ ल्याएकी ती जेहेन्दार छात्राको जीवन एकैछिनमा अस्पतालको शय्यामा खुम्चियो।

देश चुनावी उत्सव र नेताहरू ‘देश बनाउने’ आश्वासनमा रमाइरहँदा, असल शासनको खोजीमा बानेश्वर पुगेकी एकतामाथि भदौ २३ को भ्रष्टा’चार विरुद्धको जेनजी प्र’दर्शनमा ‘म स्टुडेन्ट हुँ’ भन्दै गर्दा दुईवटा गो’ली बर्साइए। शारीरिक पीडा र राज्यको बेवास्ताका बीच उनी अझै खुट्टाको अप’रेसन कुरिरहेकी छिन्। एकताको मनमा एउटै प्रश्न खेलिरहन्छ – “के मेरो खुट्टा पहिलाकै जस्तो होला त?”

Advertisement

यस्तो पीडाका बाबजुद एकताको हिम्मत भने लोभलाग्दो छ; उनले चिकित्सा शिक्षाको (CEE) परीक्षा दिइन् र नाम पनि निकालिन्। उनले आफ्नो क्यालेन्डरमा लेखेकी थिइन् “थ्यांक यु युनिभर्स!” आज उनको कोठामा मेडल र सर्टिफिकेटहरू त छन्, तर तीभन्दा ठूलो उनको आत्मविश्वास छ।

image 9 Pampas Aspirant - पम्पाज परीक्षार्थी

यहाँबाट सिक्नुपर्ने ५ महत्वपूर्ण कुरा

१. कठिन परिस्थितिले लक्ष्य बदल्दैन, चरित्र परख गर्छ
एकताको जीवनले देखाउँछ—सपना सहजताका लागि होइन, संघर्षका बीच टिक्नका लागि हुन्छन्।
असहज अवस्थाले मानिसलाई रोक्दैन, उसलाई कत्तिको दृढ छ भन्ने देखाउँछ।

२. शारीरिक सीमाभन्दा मानसिक दृढता ठूलो शक्ति हो
खुट्टामा चोट भए पनि एकताको इच्छाशक्ति अडिग रह्यो।
जब मन स्पष्ट हुन्छ, शरीरको कमजोरी पनि तयारीको अवरोध बन्दैन।

३. शिक्षा केवल करियर होइन, चेतनाको यात्रा हो
“म स्टुडेन्ट हुँ” भन्ने आवाज केवल परिचय थिएन, जिम्मेवार नागरिकताको प्रतीक थियो।
पढाइले केवल पेशा होइन, समाजप्रति सोच्ने साहस पनि दिन्छ।

४. निरन्तरता नै सफलताको वास्तविक सूत्र हो
अपरेशनको प्रतीक्षा र पीडाका बीच पनि उनले CEE परीक्षा दिइन्।
सफलता एकै दिनमा होइन, हार नमान्ने बानीबाट जन्मिन्छ।

५. आत्मविश्वास सबै उपलब्धिभन्दा ठूलो उपलब्धि हो
कोठामा मेडल र प्रमाणपत्र छन्, तर सबैभन्दा मूल्यवान् चीज—आफ्नै क्षमतामाथिको विश्वास।
आत्मविश्वास बलियो भयो भने भविष्य आफैँ सम्भावनातिर मोडिन्छ।

Photo Credit: प्रविण रानाभाट / नेपाल फोटो लाइब्रेरी

थप सहयोगका लागि हामीसँग जोडिनुहोस्

तपाईं पनि लोकसेवा (Loksewa) तयारी गर्दै हुनुहुन्छ र सही मार्गदर्शनको खोजीमा हुनुहुन्छ भने हामी तपाईंलाई मद्दत गर्न सक्छौँ:

तपाईंको एउटा सानो कदमले तपाईंको सपनाको बाटो सहज बनाउन सक्छ!