“म स्टुडेन्ट हुँ!”– राज्यको गोली खाएर पनि डाक्टर बन्ने सपना नत्यागेकी एक ‘जेनजी’ {Real Aspirant}
भक्तपुरकी १८ वर्षीया एकता साहको कोठामा छिर्दा लाग्छ, यो कुनै भविष्यकी अब्बल चिकित्सकको ऊर्जाशाला हो। भित्तामा गणितका सूत्र र टेबलमा विज्ञानका पुस्तक छन्, तर विडम्बना! ती पुस्तक पल्टाउने हातहरू अहिले आफ्नै खुट्टाको चोट सुम्सुम्याउन बाध्य छन्। सैनिक आवासीय महाविद्यालयबाट १२ कक्षामा ‘ए प्लस’ ल्याएकी ती जेहेन्दार छात्राको जीवन एकैछिनमा अस्पतालको शय्यामा खुम्चियो। देश चुनावी उत्सव […]