प्रतिनिधि सभा निर्वाचन २०८२: एक ‘ऐतिहासिक’ राजनीतिक भूकम्प(सक्षिप्त जानकारी)
Article Summary
नेपालमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिकको बहुमत हासिल गर्दै नयाँ राजनीतिक अध्याय सुरु गरेको छ। यहाँ चुनावको नतिजा, तथ्याङ्क, सिट वितरण, मतदान प्रतिशत र रोचक तथ्यहरू प्रस्तुत गरिएको छ।
यो निर्वाचन केवल एउटा मतदान मात्र थिएन, यो त २०८२ भदौ २३ र २४ गतेको ‘जेन्जी (Gen-Z) आन्दोलन’ को प्रतिफल थियो। भदौमा भएको आन्दोलन र सुशिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारपछि फागुन २१ गते भएको यो चुनावले नेपालको इतिहासमा नयाँ अध्याय कोरेको छ।
To join our Whatsapp Channel for Regular Update: Click Here


निर्वाचनको जानकारी
| विवरण | तथ्याङ्क |
| निर्वाचनको नाम | प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ |
| मिति | २०८२ फागुन २१ गते (५ मार्च २०२६) |
| निर्वाचन सञ्चालन संस्था | Election Commission Nepal |
| निर्वाचनको प्रकार | संघीय संसद (House of Representatives) |
| कुल मतदाता | १,८९,०३,६८९ (करिब १.८९ करोड) |
| मतदान प्रतिशत | ५९.६७% (करिब ६०%) |
| सहभागी दल | ६८ (दर्ता भएका १०८ मध्ये) |
| राष्ट्रिय दलको मान्यता पाएका | ६ वटा |
| निर्वाचन खर्च | १९ अर्ब १९ करोड रुपैयाँ |
| कुल सिट | २७५ प्रत्यक्ष निर्वाचन (FPTP): १६५ सिटसमानुपातिक निर्वाचन (PR): ११० सिट |
| बहुमतका लागि आवश्यक सिट | १३८ |
नतिजा: कसको पल्ला भारी?
यो चुनावको सबैभन्दा ठूलो ‘सरप्राइज’ भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अविश्वसनीय उदय हो। उसले दुई तिहाइ नजिकको बहुमत हासिल गरेर पुराना शक्तिहरूलाई किनारा लगाइदिएको देखिन्छ। सिट बाँडफाँट (कुल २७५ सिट):
प्रतिनिधि सभा निर्वाचन २०८२: एक ‘ऐतिहासिक’ राजनीतिक भूकम्प(सक्षिप्त जानकारी)
| राजनीतिक दल | प्रत्यक्ष (FPTP) (१६५) | समानुपातिक (PR) (११०) | कुल सिट (२७५) |
|---|---|---|---|
| राष्ट्रिय स्वतन्त्र पार्टी | १२५ | ५७ | १८२ |
| नेपाली कांग्रेस | १८ | २० | ३८ |
| नेकपा (एमाले) | ९ | १६ | २५ |
| नेपाली कम्युनिष्ट पार्टी | ८ | ९ | १७ |
| श्रम संस्कृति पार्टी | ३ | ४ | ७ |
| राष्ट्रिय प्रजातन्त्र पार्टी | १ | ४ | ५ |
| स्वतन्त्र / अन्य | १ | ० | १ |
रोचक तथ्य: समानुपातिकतर्फ पनि रास्वपाले ५१,८३,४९३ मत प्राप्त गरेर रेकर्ड बनाएको छ।

For Regular Blog Update
केही खास रेकर्ड र ‘फ्याक्ट्स’
बालेन क्रेज: बालेन्द्र शाह (रास्वपा) ले झापा-५ बाट ६८,३४८ मत ल्याएर सबैभन्दा बढी मतका साथ विजयी हुने उम्मेदवार बने।

महिला प्रतिनिधित्व: प्रत्यक्षतर्फ १४ जना महिला सांसद निर्वाचित भए, जसमा १३ जना रास्वपाकै छन्।

- उमेरको खेल: सबैभन्दा कान्छा विजेता प्रशान्त उप्रेती (२५ वर्ष) र जेठा विजेता टेकबहादुर गुरुङ (७१ वर्ष) रहे।
- कडा प्रतिस्पर्धा: ओखलढुङ्गा-१ मा विश्वराज पोखरेल मात्र ५ मतको अन्तरले विजयी भए।
- जमानत जफत: २,८९० जना उम्मेदवारको जमानत जफत भयो भने ३५० जनाले त ‘शून्य’ भोट पाए ।
- महिला सांसद (प्रत्यक्ष): कुल १४ जना (रास्वपा: १३, नेका: १)
अन्य रेकर्डहरू:
- सबैभन्दा बढी मतान्तर: डा. लेखजङ्ग थापा
- (५०,३७९ मतान्तर, रुपन्देही ३)
- सबैभन्दा कान्छो सांसद: प्रशान्त उप्रेती (२५ वर्ष, मकवानपुर २)
- सबैभन्दा जेठो सांसद: टेकबहादुर गुरुङ (७१ वर्ष, मनाङ १)
- पहिलो विजेता घोषित: रञ्जु दर्शना (काठमाडौँ १)
- राष्ट्रिय दलमा नेता प्राप्त दलहरू : ६ वटा ( रस्वापा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रा.प्र.पा र श्रम स्वीकृति पार्टी)
- कुल मतदाता १ करोड ८९ लाख ३,६८९
- – पुरुष मतदाता : ९६,६३,३५८
- – महिला मतदाता : ९२,४०,३३१
- – अन्य मतदाता : २००
- मतदान स्थल : १०,९६७
- मतदान केन्द्र : २३,११२
- निर्वाचन आयोग दर्ता कायम गरेको राजनीतिक दल: १३६
- प्रत्यक्षतर्फ कुल उम्मेदवार : ३,४०६ ( ६५ राजनीतिक दलबाट ६१ निर्वाचन चिन्हमा) ( पुरुष उम्मेदवार : ३,०१७, महिला उम्मेदवार: ३८८, अन्य: १जना )
- सनुपातिकतर्फ कुल उम्मेदवार : ३,१३५ जना ( ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा )
- पुरुष उम्मेदवार १३६३
- महिला उम्मेदवार : १७७२
- कुल मतदान : करिब ६० प्रतिशत
- बदर मत प्रतिशत : प्रत्यक्ष (५.४५%) र सानुपातिक ( ३.९५%)
- सबैभन्दा बढी मतदान भएको निर्वाचन क्षेत्र : रामेछाप १,८७,९५२ मतदाता
- सबैभन्दा बढी मतान्तरले विजयी उम्मेदवार : डक्टर लेखजंग थापा ( ५०,३७९ रुपन्देही ३)
- सबैभन्दा कम मतान्तरले विजयी उम्मेदवार : विश्वराज पोख्रेल (५ ओखलढुङ्गा १ )
- प्रत्यक्षतर्फ निर्वाचित महिला संसद : १४ (रास्वपा :१३ जना, नेका : १ जना)
- प्रत्येकतर्फ सबैभन्दा कम उमेरमा विजयी
- उम्मेदवार : प्रशान्त उप्रेती ( २५ वर्ष मकवानपुर २ )
- सबैभन्दा पहिलो विजेता घोषित उम्मेदवार : रन्जु दर्शना (काठमाडौँ १)
- सबैभन्दा अन्तिममा विजेता घोषित उम्मेदबार : अर्जुन बहादुर कार्की (संखुवासभा १)
- प्रत्यक्षतर्फ निर्वाचित स्वतन्त्र सांसद : १ जना (महावीर पुन, म्याग्दी १)
मतदान सम्बन्धी तथ्याङ्क
| प्रत्यक्ष निर्वाचन प्रणाली (FPTP) | समानुपातिक प्रणाली (PR) | ||||
| विवरण | संख्या | विवरण | संख्या | ||
| मतदान | 1,11,68,032 | मतदान | 1,12,80,617 | ||
| सदर मत | 1,05,59,017 (94.55%) | सदर मत | 1,08,35,025 (96.05%) | ||
निर्वाचन प्रणाली (Electoral System)
- नेपालमा प्रतिनिधि सभा निर्वाचन दुई प्रणालीमा हुन्छ:
First Past The Post (FPTP)
- प्रत्येक निर्वाचन क्षेत्रबाट एक उम्मेदवार विजयी हुन्छ।
- जसले सबैभन्दा बढी मत प्राप्त गर्छ, ऊ विजयी हुन्छ।
Proportional Representation (PR)
- दलले प्राप्त गरेको कुल मतको अनुपात अनुसार सिट पाउँछ।
- ३% थ्रेसहोल्ड पार गर्नुपर्ने हुन्छ।
- सिट बाँडफाँट Sainte-Laguë Method बाट गरिन्छ।
निर्वाचनको ऐतिहासिक महत्व
यो निर्वाचन नेपालको राजनीतिमा ऐतिहासिक परिवर्तनको रूपमा हेरिएको छ।
- मुख्य कारणहरू:
२०२५ को Gen-Z आन्दोलनपछि पहिलो चुनाव - नयाँ दलको ठूलो उदय
- युवापुस्ताको राजनीतिक सहभागिता बढेको
- निर्वाचनको विशेषताहरू
- नेपाल इतिहासकै सबैभन्दा ठूलो राजनीतिक परिवर्तन
- युवापुस्ताको ठूलो प्रभाव
- पुराना दलहरूको कमजोर प्रदर्शन
- सामाजिक सञ्जाल र डिजिटल अभियानको ठूलो प्रयोग
संविधान अनुसार संसद संरचना
नेपालको संघीय संसद:
- प्रतिनिधि सभा – 275 सदस्य
- राष्ट्रिय सभा – 59 सदस्य
- यो निर्वाचन प्रतिनिधि सभाका लागि मात्र गरिएको हो।
प्रमुख कानुनी आधार
नेपाल संविधान धारा ८४
- प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४
- प्रतिनिधि सभा निर्वाचन नियमावली २०७४
| निर्वाचन (साल) | प्रत्यक्षतर्फ महिला उम्मेदवार | विजयी | निर्वाचन (साल) | प्रत्यक्षतर्फ महिला उम्मेदवार | विजयी |
| २०१६(पहिलो आमनिर्वाचन) | ७ | १ | २०६४ (पहिलो संविधानसभा) | ३६३ | ३० |
| २०४८ (आमनिर्वाचन) | ८० | ८ | २०७० (दोश्रो संविधानसभा) | ६६७ | १० |
| २०५१ (मध्यावधि निर्वाचन) | ८६ | ७ | २०७४ (प्रतिनिधिसभा) | १४६ | ६ |
| २०५६ (आमनिर्वाचन) | १४२ | १२ | २०७९ (प्रतिनिधिसभा) | २२७ | ९ |
| २०८२ (प्रतिनिधिसभा) | ३८८ | १४ |
संघीय संसद : ३३४ सदस्य
प्रतिनिधि सभा: २७५ जना
प्रत्यक्ष निर्वाचित : १६५ जना
समानुपातिक निर्वाचनबाट निर्वाचित : ११० जना
राष्ट्रिय सभा : ५९ जना
प्रत्येक प्रदेशबाट ८ जनाको दरले निर्वाचित ५६ जना र राष्ट्रपतिबाट मनोनित ३ जना
| दल | २०४८ | २०५१ | २०५६ | २०६४ | २०७० | २०७४ | २०७९ | २०८२ |
| नेपाली कांग्रेस | ११० | ८३ | १११ | ११० | १९८ | ६३ | ८८ | ३८ |
| नेकपा एमाले | ६९ | ८८ | ७१ | १०३ | १७५ | १२१ | ७८ | २५ |
| नेकपा माओवादी | – | – | – | २२० | ८० | ५३ | ३२ | १७ |
| रा. स्वतन्त्र पा. | – | – | – | – | – | – | २१ | १८२ |
- प्रतिनिधिसभामा रहेको २७५ सदस्यमध्ये दुई तिहाइ पुग्न १८४ सिट चाहिन्छ ।
- प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ ।
- चुनावमा सरकारको कुल खर्च : रू .१९ अर्ब १९ करोड
- निर्वाचन आयोगका अनुसार २८९० जना उम्मेदवारको जमानत जफत र ३५० उम्मेदवारको शून्य भोट रहेको ।
- कुल सदर मतको १० % भन्दा कम मत आयो भने जमानत जफत हुन्छ ।
- प्रतिनिधि सभा निर्वाचन,२०८२ मा समानुपातिकमा ९६.०५ % र प्रत्यक्षमा ९४.५५ % मत सदर भएको ।


Daily Current Affairs
नयाँ के छ त ???
Pampas Youtube Videos (3)
Related Posts
“From Preparation to Position: The Loksewa Goal of Every Nepali Aspirant”
“Loksewa Journey Made Smart: Pampas Education सँग Success Mode ON”
नेपाल विद्युतीय सवारी प्रयोगमा विश्वकै अग्रणी राष्ट्र