अन्तर्वार्ता विशेष: स्मरण तथ्यहरू Loksewa Interview Tips

pampas_aspirant_BikalStha
267 views
अन्तर्वार्ता विशेष: स्मरण तथ्यहरू Loksewa Interview Tips

१. अन्तर्वार्ताको तयारी (Pre-Interview Phase)

  • कागजात: आवश्यक सबै शैक्षिक प्रमाणपत्र, नागरिकता, प्रवेश पत्र र फोटोहरू अघिल्लो दिन नै तयार पार्नुहोस् ।
  • पूर्व-जानकारी: अन्तर्वार्ता हुने मिति, स्थान र समयबारे स्पष्ट भई समयमै (कम्तीमा ३० मिनेट अगाडि) पुग्नुहोस् ।
  • अध्ययनको क्षेत्र: आफ्नो परिचय, स्थायी ठेगाना (जिल्ला/प्रदेश), शैक्षिक पृष्ठभूमि, पाठ्यक्रमका विषय र समसामयिक घटनाक्रमको राम्रो तयारी गर्नुहोस् ।
  • संस्थाको जानकारी: आफूले सेवा प्रवेश गर्न लागेको निकाय वा पदको कार्यविवरण र सांगठनिक संरचनाबारे जान्नुहोस् ।

२. उपस्थिति र प्रस्तुतीकरण (Appearance & Entry)

Advertisement
  • पोशाक: सफा, भद्र र सुहाउँदो औपचारिक (Official) पोशाक लगाउनुहोस्। कपाल र जुत्ताको सरसफाइमा ध्यान दिनुहोस् ।
  • प्रवेश: अनुमति मागेर भित्र प्रवेश गर्ने, सबैलाई मुस्कुराउँदै अभिवादन गर्ने र बस्न इसारा गरेपछि मात्र बस्ने ।
  • हाउभाउ (Body Language): सिधा र सजिलो गरी बस्नुहोस्। कुराकानी गर्दा हातखुट्टा धेरै नहल्लाउने, कपाल नमिलाउने र आँखा जुधाएर (Eye Contact) कुरा गर्ने गर्नुहोस् ।

३. प्रश्नोत्तर कला (Answering Skills)

  • आत्मविश्वास: सधैं मुस्कुराउँदै र आत्मविश्वासका साथ जवाफ दिनुहोस्। नर्भस नहुनुहोस् ।
  • स्पष्टता: प्रश्न ध्यान दिएर सुन्नुहोस्। छोटो, सरल र मर्म बुझिने गरी उत्तर दिनुहोस् ।
  • इमानदारी: नजानेको प्रश्नमा हडबडाउनु वा बनावटी उत्तर दिनुको साटो ‘बिर्सिएँ’ वा ‘जानकारी भएन’ भनी स्पष्ट स्वीकार्नुहोस् ।
  • स्वभाव: धेरै ठूलो वा धेरै सानो स्वरमा नबोल्नुहोस्। चाकडी गर्ने वा अनावश्यक प्रशंसा गर्ने शब्द प्रयोग नगर्नुहोस् ।
image 51 Pampas Aspirant - पम्पाज परीक्षार्थी

४. केही मुख्य प्रश्नका लागि ‘टिप्स‘

  • परिचय: आफ्नो नाम, ठेगाना, योग्यता र अनुभवलाई संक्षिप्त र प्रभावकारी रूपमा भन्नुहोस् ।
  • सरकारी सेवा किन?: यसमा कार्यविवरण, जनताको सेवा गर्ने अवसर, योग्यताको कदर र सामाजिक प्रतिष्ठा जस्ता सकारात्मक पक्ष समेट्नुहोस् ।
  • मर्यादा: तपाईंका अभिव्यक्तिहरू प्रचलित नीति, नियम र सरकारी मर्यादा विपरीत हुनुहुँदैन ।
image 52 Pampas Aspirant - पम्पाज परीक्षार्थी

५. अन्त्य र बहिर्गमन (Closing)

  • अन्तर्वार्ता सकिएपछि अनुमति लिएर सबैलाई धन्यवाद दिँदै शिष्टताका साथ बाहिरिनुहोस् ।
  • बाहिर निस्कँदा पनि आफ्नो व्यक्तित्वको सकारात्मक छाप छोड्ने प्रयास गर्नुहोस् ।

विशेष ध्यान दिनुपर्ने (नोट):

यदि काबु बाहिरको परिस्थिति (बिरामी, सुत्केरी, सरकारी काम आदि) परेमा प्रमाण सहित निवेदन दिएर ७ देखि १५ दिनभित्र छुट अन्तर्वार्ता दिन सकिने कानुनी व्यवस्था छ ।